Logo

२०८३, कार्तिक २७गते


images
images

बुटवलमा वाईसिएलको भेला, सृजन थापाको अध्यक्षतामा ६५ सदस्यीय नगर कमिटि गठन

बुटवलमा वाईसिएलको भेला, सृजन थापाको अध्यक्षतामा ६५ सदस्यीय नगर कमिटि गठन

images
  • बुटवलमा वाईसिएलको भेला, सृजन थापाको अध्यक्षतामा ६५ सदस्यीय नगर कमिटि गठन
    images

    बुटवल ।  नेकपा माओबादी केन्द्रको सहायक संगठन योङ्ग कम्युनिष्ट लिग (वाईसिएल) बुटवल नगर कमिटिको पुनर्गठन भएको छ । मंगलबार पार्टी कार्यालय बुटवलमा  आयोजित नगर भेलाले ६५ सदस्यीय नयाँ कमिटि गठन गरेको हो ।

    images
    images
    images

    भेलाले सृजन थापाको अध्यक्षतामा नयाँ कमिटि गठन गरेको छ । जसको उपाध्यक्षमा रवि खड्का, आशिष न्यौपाने, रेखा चौधरी , सचिबमा तेज बहादुर रजाईली , सहसचिबमा गौरब भण्डारी , कोषाध्यक्षमा बिराज राना चयन भएका छन । 

    images
    images
    images

    नवनिर्वाचित अध्यक्ष थापाले  युवाहरुलाई स्वरोजगार र रोजगारीसँग जोडेर आर्थिक  रुपमा सवल बनाउँदै संगठनलाई अगाडी बढाउने बताए ।

    images
    images

    बन्द सत्र अघि भेलाको  उद्दघाटन गर्दै नेकपा माओबादी केन्द्रका स्थायी कमिटिका सदस्य गणेशमान पुनले आम युवाहरुमा जागरण ल्याउनको लागि वाईसिएलले काम गर्नुपर्नेमा जोड दिए । उनले वाईसिएलले युवाहरुको मन जित्दै पार्टी संगठनलाई बलियो बनाउनको लागि लाग्नको लागि निर्देशन दिए  । 

    कार्यक्रममा बोल्दै पार्टीका जिल्ला संयोजक निर्मल जिसीले अराजक र जनविरोधीहरूलाई तह लगाउन वाईसिएलले विगतमा खेलेको भूमिकालाई बुटवलमा पुन: अझ सशक्त ढंगले क्रियाशीलता बढाउने विश्वाश व्यक्त गरे। 

    पार्टीका बुटवल नगर कमिटिका अध्यक्ष महेन्द्र भुसालले वाईसिएल अहिलेसम्म आराम गरिरहेको अवस्था रहेको र अबका दिनमा सक्रियता पुर्वक आम युवासम्म पुग्नुपर्ने बताए । 

    रुपन्देहीका पुर्व अध्यक्ष सुजित विक, वाईसिएल केन्द्रीय सचिब माधव बस्नेत, पुर्व लुम्बिनी प्रदेश सांसद दिपा विक, प्रदेश सदस्य पुष्पराज ढकाल लगायतले बोलेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।