Logo

२०८३, कार्तिक २७गते


images
images

मधेश प्रदेश सभा सदस्य विन्दुकुमारी यादवको निधन

मधेश प्रदेश सभा सदस्य विन्दुकुमारी यादवको निधन

images
  • मधेश प्रदेश सभा सदस्य विन्दुकुमारी यादवको निधन
    images

    काठमाडौं । मधेश प्रदेश सभा सांसद बिन्दुकुमारी यादवको निधन भएको छ। ४४ वर्षको उमेरमा उनको निधन भएको हो।

    images
    images
    images

    आज बिहान करिब ८ बजे उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा उनको निधन भएको हो।

    images
    images
    images

    जनता समाजवादी पार्टी, नेपालको तर्फबाट सांसद बनेकी यादवको आजै अन्त्येष्ठि गरिने तयारी रहेको जसपाका सचेतक रामअशिष यादवले जानकारी दिए।

    images
    images

    उनका अनुसार सांसद यादवको पार्थिव शरीर अहिले पार्टीको प्रादेशिक कार्यालयमा लगिँदैछ।

    जसपाकी केन्द्रीय सदस्य समेत रहेकी यादव लामो समयदेखि पाठेघरको मुखको क्यान्सर रोगबाट ग्रसित थिइन्।

    दुई वर्ष अघि मात्रै उनमा पाठेघरको मुखको क्यान्सर पत्ता लागेको थियो। प्रादेशिक अस्पताल जनकपुरधामको सघन उपचार कक्षमा उपचाररत यादवलाई १० दिन अघि मात्रै अस्पताल भर्ना गरिएको थियो।

    अस्पतालका प्रवक्ता एवं छाला रोग विशेषज्ञ डाक्टर रामज्ञान यादवका अनुसार स्वास्थ्यमा समस्या देखिएपछि यादवलाई आईसीयूमा राखेर उपचार भइरहेको थियो।  

    सर्लाहीको कविलासी नगरपालिका सिर्सियाकी सांसद यादव गत निर्वाचनमा समानुपातिक तर्फबाट सांसद चुनिएकी थिइन्।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मधेश प्रदेश सभा सदस्य
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।