Logo

२०८३, आश्विन ९गते


images
images

भदौ अन्तिम सातादेखि अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप हुँदै

भदौ अन्तिम सातादेखि अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप हुँदै

images
  • भदौ अन्तिम सातादेखि अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप हुँदै
    images
    images

    काठमाडौं । ११ औं कोरियन एम्बेसडर अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप आगामी भदौको अन्तिम सातादेखि शुरु हुने भएको छ । 

    images
    images
    images

    नेपाल तेक्वान्दो संघले आईतवार त्रिपुरेश्वरमा पत्रकार सम्मेलन आयोजना गर्दै आगामी भदौ २७ देखि ३१ गतेसम्म अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप आयोजना हुने जनाएको हो । नेपालस्थित दक्षिण कोरियाको दुतावास र संघको आयोजनामा पहिलोपटक अन्तर्राष्ट्रिय प्रतिष्पर्धा हुन लागेको हो । यस अघिका संस्करण राष्ट्रियस्तरमा मात्र सिमित थियो । च्याम्पियनसिपमा भारत, बंगलादेश र नेपाल गरी तीन राष्ट्रका खेलाडीले खेल्नेछन् ।

    images
    images
    images

    नेपाली राष्ट्रिय तेक्वान्दो टोली चीनमा आयोजना हुने १९ औं एसियाडको तयारीमा रहेकाले राष्ट्रिय टोलीबाहेक खेलाडीले च्याम्पियनसिपमा प्रतिष्पर्धा गर्ने नेपाल तेक्वान्दो संघका उपाध्यक्ष एवं प्रतियोगिता संयोजक भानबहादुर चन्दले जानकारी दिए ।  

    images
    images
    images

    यस च्याम्पियनसिपमा सात सय ११ महिला र एक हजार ६७ पुरुष गरी कुल एक हजार ७७८ जना सिनियर तथा जुनियर खेलाडी सहभागी हुने संघका उपाध्यक्ष चन्दले बताए  । पुम्सेतर्पm २५ र ग्यरोगी (फाइट) मा ३२ गरी कुल ५७ स्वर्ण पदकका लागि प्रतिष्पर्धा हुनेछ । च्याम्पियनसिपमा भारतबाट ३५ र बंगलादेशबाट ३३ खेलाडीले प्रतिष्पर्धा गर्ने भएका छन् । ती देशका खेलाडी पनि एसियाडको तयारीमा रहेकाले दोस्रो रोजाइका खेलाडीले च्याम्पियनसिपमा प्रतिष्पर्धा गर्ने अपेक्षा गरिएको छ । 


    प्रतियोगिताका लागि संघका उपाध्यक्ष चन्दको संयोजकत्वमा ३५ सदस्यीय आयोजक समिति गठन गरिएको छ भने सो समितिअन्तर्गत १० वटा उपसमितिहरू छन् । प्रतियोगिताका लागि ६० जना निर्णायक, १५ जना प्राविधिक र ३५ जना स्वयंसेवकहरु तय गरिएको संघले जनाएको छ ।

    प्रतियोगिताको लागि करिब ३५ लाख लागत लाग्ने आयोजक जनाएको छ । त्यसमा कोरियाली दुतावासबाट करिव पाँच हजार अमेरिकी डलर र प्रतियोगिताका लागि खेलाडी दर्ताबाट करिव १७ लाख रुपैयाँ प्राप्त हुने संघका उपाध्यक्ष चन्दले जानकारी दिए । प्रतियोगिता सञ्चालन गर्न बाँकी रकम भने संघले व्यवस्थापन गर्नेछ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।