Logo

२०८३, कार्तिक २६गते


images
images

मौलिक परम्परा जगेर्ना गर्दै नवआर्दश समाज

मौलिक परम्परा जगेर्ना गर्दै नवआर्दश समाज

images
  • मौलिक परम्परा जगेर्ना गर्दै नवआर्दश समाज
    images

    राजेश  पराजुली, पोखरा । पोखराको लामाचौरमा विगत दुई दशकेदखि निरन्तर संचालन हुदै आएको तीज महोत्सव यस वर्ष पनि हुने भएको छ । लामाचोैरको नव आर्दश सामुदायिक विकास समाजले महोत्सव आयोजना गदै आएको छ ।

    images
    images
    images

    नव आर्दश सामुदायिक विकास समाज,लामाचौरको आयोजनामा भदौ ३० देखि असोज १ गतेसम्म महोत्सव सञ्चालन हुने आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।महिलाहरुको चार्ड तिजलाई सरक्षण र निरन्तरता दिने उद्देश्यले निरन्तर मेला आयोजना गदै आएको नव आदर्श सामुदायिक विकास समाज, लामाचौरका अध्यक्ष स्वागत सिंह भण्डारीले बताए। ‘मौलिक संस्कृतिको जर्गेना गरौ’ भन्ने मुल उद्घोषका साथ हरितालिका तीज महोत्सव आयोजना गरिएको उनले बताए। उक्त महोत्सवले आन्तरीक तथा बाह्य पर्यटक प्रवद्धनमा टेवा पुग्ने विश्वास आयोजकको छ ।

    images
    images
    images


    वि.सं. २०५४ सालमा स्थापना भएको समाजले तीज महोत्सव सञ्चालन गर्न आएको छ । पोखरामा निरन्तर रुपमा सञ्चालन हुर्दै आएको महोत्सव हो । महोत्सवमा भलिबल प्रतियोगिता, अन्तर विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिता र महोत्सवमा औद्योगिक तथा ब्यापार प्रर्दशनीका स्टलहरु समेत रहने अध्यक्ष भण्डारीले बताए । महोत्सव सम्पन्न गर्न ५२ लाख ७७ लाख ५ सय खर्च हुने अनुमान गरिएको छ भने बचत रकम आकस्मिक सेवा तथा जीत महोत्सव सञ्चालन कोष बृद्धिका लागि जम्मा गरिने प्रथम उपाध्यक्ष तथा प्रचार संयोजक दिनेश भण्डारीले बताए ।

    images
    images

    तरितालिका तीजको अवसरमा साँस्कृतिक तथा खेलकुद कार्यक्रमले यस क्षेत्रको प्रचार प्रसारमा भुमिका खेलेको बिश्वास गरिएको छ । लामाचौर क्षेत्र ऐतिहासिक पृष्ठभुमि बोकेको क्षेत्र र पवित्र सेतीनदीको किनारमा रहेकाले हरितालिका तीजमा महिलाहरु गङगा स्नान गरि सुख दुःख साटासाट गदै एक आपसमा रमाइलो गर्ने स्थान समेत रहेको आयोजकले दावी गरेको छ ।

    ‘पुरानो संस्कारलाई कायम गदै समाजले महोत्सव आयोजना गरेको हो ’ अध्यक्ष भण्डारीले महोत्सवको मुख्य आकर्षण महिला भलिबल, चर्चित लोकदोहोरी कलाकारहरुको प्रस्तुती रहने छ । महोत्सवको उद्घाटन नेपाल सरकारका श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरदसिंह भण्डारीले उदघाटन गर्ने छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नवआर्दश समाज
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।