Logo

२०८३, कार्तिक २७गते


images
images

बागमती प्रदेशसभा बैठक सञ्चालनका लागि सर्वदलीय बैठक बस्दै

बागमती प्रदेशसभा बैठक सञ्चालनका लागि सर्वदलीय बैठक बस्दै

images
  • बागमती प्रदेशसभा बैठक सञ्चालनका लागि सर्वदलीय बैठक बस्दै
    images

    काठमाडौं ।  बागमती प्रदेशसभा बैठक सञ्चालनका लागि सर्वदलीय बैठक आह्वान गरिएको छ । बागमती प्रदेशको प्रदेश सभाको बैठक मिति तय गर्ने र पटक पटक सार्नुपर्ने अवस्था आएपछि बैठक सञ्चालनको लागि सहमति जुटाउन सर्वदलीय बैठक बोलाइएको छ ।

    images
    images
    images

    प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले अहिले बिहान १० बजेका लागि सर्वदलीय बैठक बोलाएका हुन्। सत्तारुढ दल र विपक्षी दलहरूको आ–आफ्नै अडानका कारण आइतबार नै ११ः३० बजे बोलाइएको बैठक बस्ने सम्भावना कम भएपछि सभामुख पाठकले प्रदेश सभा बैठकका लागि निर्धारित समय अगावै सवैदलीय बैठक बोलाएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

    images
    images
    images

    सत्तारुढ दल र विपक्ष दलहरूको आ–आफ्नै अडानका कारण पटक पटक प्रदेश सभाको बैठकका लागि मिति तय गर्दै सहमति नजुटेपछि सूचना टाँस गरेर स्थगित गरिँदै आएको छ ।

    images
    images

    प्रमुख विपक्षी दल नेकपा एमाले र विपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारसँग यसअघि भएको सहमति कार्यान्वयन नभएसम्म बैठक सञ्चालन हुन नसक्ने बताउँदै आएका छन् । विपक्षी दलले गत असारमा बजेट निर्माणको क्रममा भएको सहमति कार्यान्वयन गर्न माग गर्दै आएका छन् ।

    बागमती प्रदेश सरकारको चालु आर्थिक वर्ष २०८०÷०८१ को बजेट गत असार २१ गते पारित भएसँगै स्थगित गरिएको प्रदेश सभाको बैठक पुनः बस्न सकेको छैन् । प्रदेश सभाको स्थगित गरिएको बैठक झन्डै दुई महिनापछि बस्ने गरी सभामुख पाठकले भदौ १८ गते सोमबार दिउँसो १ः३० बजेका लागि बैठक बस्ने समय निर्धारण गरेका थिए । तर त्यसयता बैठक सञ्चालनका लागि प्रयास भए पनि विफल हुँदै आएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बागमती प्रदेशसभा बैठक
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।