Logo

२०८३, कार्तिक २७गते


images
images

विद्युत बिस्तारका क्रममा ऐलानी जग्गाबाट बिस्थापित हुनेको समस्या समाधान गर्नुपर्छः मन्त्री बस्नेत

विद्युत बिस्तारका क्रममा ऐलानी जग्गाबाट बिस्थापित हुनेको समस्या समाधान गर्नुपर्छः मन्त्री बस्नेत

images
  • विद्युत बिस्तारका क्रममा ऐलानी जग्गाबाट बिस्थापित हुनेको समस्या समाधान गर्नुपर्छः मन्त्री बस्नेत
    images

    काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले जलविद्युत उत्पादन, प्रशारण र वितरणका क्रममा ऐलानी जग्गाबाट बिस्थापित हुनेहरुको समस्या समाधान गर्नुपर्ने बताएका छन । 

    images
    images
    images


    शुक्रवार आदिवासी जनजाती आयोगले आयोजना गरेको जलविद्युत उत्पादन, प्रशारण र वितरणले आदिवासी जनजाति समुदायको हक अधिकारको कार्यान्वयनमा पारेको असर न्युनिकरण विषयक कार्यशालामा बोल्दै उनले यस्तो बताएका हुन ।

    images
    images
    images

    उनले ऐलानी जग्गामा बसेका परिवारहरु समेत बिस्थापित हुने अवस्थामा उनिहरुको जीविकोपार्जनको सम्बन्धमा सरकार सकारात्मक हुनुपर्ने बताए  । उनले भूमीहीनहरुलाई उनीहरुले भोग चलन गर्दै आएको जमिनबाट हटाउँदा कानूनी कुरामात्रै गर्नु नहुने भन्दै सो विषयलाई व्यवहारिक ढंगले सम्बोधन गर्नुपर्ने बताए  । यद्यपी भोगचलन गर्दै आएको सो ऐलानी जग्गामा आफुहरुको अधिकार लाग्छ भन्ने ढंगले व्याख्या गर्नु नहुने उनको भनाई छ । 

    images
    images


    उनले भने – ‘ऐलानी जग्गा जहाँ केही परिवारहरु बसिराखेका छन् । जीविकाको अर्को कुनै साधन छैन । पुस्तौँदेखि अथवा केही वर्षदेखि, केही दशकदेखि एउटा परिवार बसिराखेको छ । जोसँग दर्ता जमिन छैन । त्यहाँ बिस्थापित गर्दा कानूनको कुरा गरेर मात्रै भएन त्यहाँ । यसलाई व्यवहारिक ढंगले सम्बोधन गर्नुपर्ने केही विषय छ । यसलाई हामीले सकारात्मक ढंगले लग्छौँ । तर यसलाई पुस्तौनी राइट बेश अपरोचबाट व्याख्या गर्दै जाँदा यसले अनावश्यक कुरातिर लैजान्छ । त्यतातिरबाट होइन व्याख्या । जीविकाको निम्ति मान्छे त्यसैमा निर्भर भइराखेको छ, जहाँबाट उठाउनु पर्नेछ । अर्को ठाउँ पठाएर के खाने भन्ने स्थिति छ भने त्यो बारेमा व्यवहारिक रुपमा सोच्नुपर्ने हुन्छ ।’

    उनले यस प्रकारको समस्याको स्थायी र दीर्घकालिन समाधान गर्नेगरी सरकारले सोचिरहेको बताएका छन । 


     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मन्त्री बस्नेत
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।