Logo

२०८३, कार्तिक २७गते


images
images

व्यवस्थित गरिदै पोखरा बसपार्क, स्थानान्तरण गर्न अटेर गर्ने ग्यारेज हटाईए

व्यवस्थित गरिदै पोखरा बसपार्क, स्थानान्तरण गर्न अटेर गर्ने ग्यारेज हटाईए

images
  • व्यवस्थित गरिदै पोखरा बसपार्क, स्थानान्तरण गर्न अटेर गर्ने ग्यारेज हटाईए
    images

    राजेश  पराजुली, पोखरा । पोखरा महानगरपालिकाले पृथ्वीचोकको बसपार्कमा रहेका ग्यारेज र मोटर पार्टस हटाएको छ । १ दर्जन बढी ग्यारेज र मोटर पार्टस बन्द गराएको हो ।

    images
    images
    images

    स्थानान्तरणका लागि समय दिएपनि अटेरी गरेकाले हटाएको महानगरको यातायात व्यवस्थापन समितिका सहसंयोजक अमृत शर्मा तिमिल्सिनाले बताए । ‘बसपार्ककै जग्गामा सञ्चालन भएकाले हटाएका छौं’, उनले भने, ‘हामी बसपार्क व्यवस्थापनको कामलाई तीव्रता दिइरहेका छौं ।’

    images
    images
    images

    बसपार्कमा रहेका कवाडी संकलन केन्द्रलाई भदौ २२ गतेभित्र स्थानतरणको समय दिइएको उनले जानकारी दिए ।

    images
    images

    साउन पहिलो सातादेखि पोखरा महानगरले पृथ्वीचोकको सडकमा पार्किङ निषेध गर्दै बसपार्कमा यात्रु ओराल्ने चढाउनुपर्ने अनिवार्य गरेको छ । २ दिन बढी बसपार्कमा सवारी होल्ड गर्न नपाउने नियम छ ।

    २०३२ सालदेखि बसपार्कको सपना देखाइए पनि अहिलेसम्म काम हुन सकेको छैन । पानी पर्दा हिलो र घाम लागेपछि धुलोले बसपार्क ढाकिन्छ ।

    बसपार्कलाई व्यवस्थित गर्न शौचालय, काउन्टर, रेलिङ निर्माण लगायतको काम भइरहेको छ । थप पूर्वाधार निर्माणको काम जुटेको महानगरले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पृथ्वीचोकको बसपार्क
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।