Logo

२०८३, कार्तिक २७गते


images
images

एन्जिला गुरुङ्ग बनिन् देवदह डान्स आइकन २०८० 

एन्जिला गुरुङ्ग बनिन् देवदह डान्स आइकन २०८० 

images
  • एन्जिला गुरुङ्ग बनिन् देवदह डान्स आइकन २०८० 
    images

    देवदह । रुपन्देहीको देवदहमा संचालित डान्स आइकन २०८० को विजेता एन्जिला गुरुङ्ग बन्न सफल भएकी छन । शनिबार देवदह नगरपालिका वडा नं ६ मा रहेको गुरुङ्ग समाजको भवनमा सम्पन्न भएको देवदह डान्स आइकन २०८० मा आफ्नो  प्रस्तुति दिँदै गुरुङ्ग बिजेता बनेकी हुन । 

    images
    images
    images

    उपबिजेतामा युनिस्मा कुवर, तृतीय कृस्टिना थापा, चौँथो रोनिस पाण्डे र पाँचौ सिया जोसी हुन सफल भएका छन । 

    images
    images
    images

    सो कार्यक्रममा बोल्दै देवदह नगरपालिकाका पुर्व नगरप्रमुख हिरा  बहादुर खत्रीले समाजमा विभिन्न कार्यक्रमहरुका नाममा बालबालिकाबाट उठाइने चर्को शुल्कले बालबालिकाका अभिभावक मारमा परेको बताए  । उनले समाजका लागि गर्न खोजिएको हरेक सतकार्यमा आफ्नो साथ रहने बताए । उनले युवाहरुले आयोजना गरेको यो कार्यक्रमले युवाको जोस र जाँगरलाइ अझ हौसला मिलेको भन्दै युवाहरुलाइ समाज रुपान्तरणको काममा लाग्न आग्रह गरेका छन । 

    images
    images

    कार्यक्रममा बोल्दै देवदह नगरपालिका वडा नं ९ का वडाध्यक्ष मोहन जिसिले आफुले गरेको सहयोगको सदुपयोग भएको बताउँदै आगामी दिनमा पनि यस्ताखाले सकारात्मक कार्यक्रमका लागि आफ्नो सहयो सदैव रहिरहने बताए । 

    कार्यक्रममा बोल्दै देवदह नगरपालिका वडा नं १० का वडाध्यक्ष यक बहादुर सुनारले आफू देवदह नगरपालिकाको नगर सरकारको कार्यकारी पदमा रहेको नाताले युवाले आयोजना गरेका यस्ता कार्यक्रम सधै सहयोग रहने प्रतिबद्धता व्यक्त गरे । 

    कार्यक्रममा बोल्दै नेपाली काङ्ग्रेस रुपन्देही जिल्लाका सह सचीव वासुदेव रिमालले देवदह नगरपालिका गौतम बुद्धको मावली क्षेत्र रहेको र याहा कला साहित्यले भरिएका थुप्रै कलाकार रहेको बताउँदै बालबालिकाका कला बाहिर ल्याउन महत्त्वपूर्ण भुमिका खेलेको भन्दै आयोजकलाइ धन्यवाद व्यक्त गरे। 

    कार्यक्रम प्रगतीपथ युवा क्लबका अध्यक्ष गणेश बिकको अध्यक्षता, देवदह नगरपालिकाका पुर्व नगरप्रमुख हिरा बहादुर खत्रीको प्रमुख आतिथ्यता, कार्यक्रम संयोजक आकाश बिकको स्वागत र राहुल देव सापकोटाको संचालनमा सम्पन्न भएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह डान्स आइकन २०८०
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।