सुनवल । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सुनवल नगर कमिटीले “जनतासंग माओवादी विशेष रूपान्तरण अभियान” सुरु गर्ने भएको छ । “घरघरमा माओवादी जनजनमा माओवादी” भन्ने नारा सहित भोलि भाद्र १६ गते देखी ३ महिने अभियान सुरु गर्ने भएको हो । पार्टी नगर कमिटिले आज एक पत्रकार सम्मेलन गर्दै अभियान वारे जानकारी गराएको हो ।
पार्टी नगर कमिटि अध्यक्ष मोहन कार्कीको अध्यक्षता तथा सुनवल नगर ईन्चार्ज बुद्धन अलिको प्रमुख आतिथ्यतामा भएको पत्रकार सम्मेलनमा पार्टी नगर कमिटि अध्यक्ष कार्कीले कार्यक्रम वारे जानकारी गराए । उनले अनुसार जनतासंग पुग्ने, सदस्य संख्या बढाउने, जनताको गुनासो सुन्ने, जनताको सरोकारका विषयलाई हल गर्ने, शिक्षा स्वास्थ्य कृषि रोजगार खेलकुद विषयमा विशेष जोड दिने अभियानको लक्ष्य रहेको छ ।
यस्तै अभियानबाट वडा पार्टी कमिटीहरू भित्र पाच वटा भन्दा माथि टोल कमिटीहरु, जन वर्गीय संगठनहरूको भेला गठन पुर्नगठन, बैठकहरू गर्ने , नगर भित्र १८ सय पार्टी सदस्य लाई ३ हजार पार्टी सदस्य पुर्याउने लक्ष्य लिएको छ ।
जनता संग सामाजिक कार्यमा सहभागी हुने, जनश्रम जनता संगै जोडिने सहिद परिवार घाइते अपांग बेपत्ता परिवारको घरमा विशेष श्रममा जोडिने, भ्रष्टाचारीहरुको बिरोध कार्यक्रम गर्ने नगरभित्र भएका अनिमियता भएमामा भन्डाफोर गर्ने, सांस्कृतिक कार्यक्रमहरू गर्ने, भैलो देउसि खेलकुद प्रतियोगिता कार्यक्रमहरू गराउने, राम्रो कामहरूको फिल्महरू प्रर्दशन गराउने देखाउने , वडा स्तरिय सामाजिक संजाल बनायर वडामा भएका गतिविधिहरू पोष्टहरू गर्ने जनाइएको छ ।
वडा मित्र समूह सहकारी माध्यमबाट एउटा नमुना उत्पादन टिम बनायर जाने, एक घर एक रोजगार हुने दिशा तर्फ लैजाने , सरकारले अघिसारेका शुसासन समृद्धि र सामाजिक न्याय संग सम्बन्धित कामहरू जनता संग पुर्याउने लगायतका काम हरु गर्ने जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology