Logo

२०८३, आश्विन ९गते


images
images

एकैदिन तीन पर्व

जनैपूर्णिमा, रक्षाबन्धन र गाईजात्रा आज एकैदिन, कुन पर्व कसरी मनाइदैं छ ?

जनैपूर्णिमा, रक्षाबन्धन र गाईजात्रा आज एकैदिन, कुन पर्व कसरी मनाइदैं छ ?

images
  • जनैपूर्णिमा, रक्षाबन्धन र गाईजात्रा आज एकैदिन, कुन पर्व कसरी मनाइदैं छ ?
    images
    images

    काठमाडौ । तिथिको घटबढका कारण यो वर्ष रक्षाबन्धन, जनैपूर्णिमा र गाईजात्रा एकैदिन मनाईंदै छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले रक्षाबन्धन, जनैपूर्णिमा र गाईजात्रा भाद्र १४ गते बिहिबार नै रहेको जनाएको छ । 

    images
    images
    images

    तिथिको घटबढका कारण दुईदिन पर्ने पर्व यस वर्ष एकैदिन परेको समितिले जनाएको हो । एक विज्ञप्ति जारी गर्दै समितिले बिहीवार (आज) सूर्य उदयकालमा पूर्णिमा रहेका कारण यसैदिन जनैपूर्णिमा र रक्षाबन्धन मनाउन आग्रह गरेको हो ।

    images
    images
    images

    जनै पुर्णिमामा के गरिन्छ ?

    जनै पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाध्छन् । तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ ।

    images
    images
    images

    सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी जेले गर्दा अत्यन्त बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित वन, बिचलित नहोउ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेको रक्षाबन्धनको परम्परा हालसम्म पनि प्रचलित छ ।

    यसैकारण रक्षाबन्धन गर्ने बेलामा गुरु पुरोहितले ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल तेन त्वां प्रतिबध्नामि रक्षेमा चलमाचल’ भनी रक्षासूत्र, रक्षावन्धन अथवा डोरो बाँध्ने वैदिक परम्परा रहेको छ ।

    त्यसैगरि जनै पूर्णिमाका दिन एघार थरिका गेडागुडी मिसाई भिजाएर टुसा उमारेर बनाइएको क्वाँटी खाइन्छ । यसरी क्वाँटी बनाइ खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने धार्मिक एवं आयुर्वेद शास्त्रीय मान्यता छ ।

    विभिन्न थरी गेडागुडीको मिसाएर बनाइएको क्वाँटीको रस खाएमा शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि हुने आयुर्वेदका चिकित्सक बताउँछन् । यसबाट चिसो गाडिएर लाग्ने रुघाखोकी जस्ता रोग पनि निको हुने उनले सुनाए ।

    तराई क्षेत्रमा राखी बाँधिदै

    नेपालको तराई क्षेत्रमा भने आजकै दिन दिदी बहिनीले दाजुभाइलाई राखी बाँधेर मनाइन्छ । यसबाट दिदीबहिनी र दाजुभाइकाबीचमा प्रेमसम्बन्ध बढ्छ भन्ने सामाजिक मान्यता छ । राखी संस्कृति पछिल्ला दिनहरूमा नेपालमा झाङ्गिदै गएको छ। 

    गाइजात्रा के हाे र किन मनाइन्छ ?

    श्रावण शुक्ल पूर्णिमा अर्थात् जनैपूर्णिमाको भोलिपल्ट मनाइने गाईजात्रा यो वर्ष रक्षा बन्धनककै दिन परेको छ। आजदेखि आठ दिनसम्म विभिन्न कार्यक्रमका साथ यो पर्व मनाइँदैछ।

     गाईजात्रा पर्वलाई ऐतिहासिक एवम् सांस्कृतिक पर्वका रुपमा लिइन्छ। यो पर्व काठमाडौं उपत्यकाको तीनवटै सहरका साथै मुलुकका मुख्यमुख्य सहरमा मनाउने गरिन्छ।

    एक वर्ष अघिदेखि दिवङ्गत आफन्तको सम्झनामा पाएसम्म गाई र नपाएमा मानिसलाई गाईको रुपमा सिँगारी आआफ्नो क्षेत्र वरिपरी घुमाएर यो पर्व मनाउने गरिन्छ। गाईलाई घुमाउने क्रममा श्रद्धालु भक्तजनले दूध, फलफूल, रोटी, दही चिउराका साथै अन्य परिकार पनि खुवाई सम्मान प्रकट गर्छन्।

    गाईजात्राका सम्बन्धमा विभिन्न भनाइ प्रचलित भए पनि राजा प्रताप मल्लसँग जोडिएको प्रसङ्ग भने बढी चर्चामा छ। मल्लको पुत्रको अल्पायुमै निधन भएपछि रानीले धेरै बिलौना गर्न थालिन्। लामो समयसम्म शोक गरेर बसेपछि ‘यस्तो शोक तिमीलाई मात्र परेको होइन’ भन्ने देखाउन राजा मल्लले वर्ष दिनभित्र दिवङ्गत सबैको गाईजात्रा निकाल्न लगाए। यो देखेपछि मात्र रानीको शोक केही घट्दै गयो भन्ने भनाइ छ।

    राजा मल्लले आआफ्ना मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनू भन्ने आज्ञाका आधारमा नै अहिलेसम्म गाईजात्रा पर्व चलेको विश्वास गरिन्छ। यो चलन चलाउँदा पनि रानी पूर्णरुपमा सन्तुष्ट हुन नसकी शोक नै गरिरहेकाले त्यही समयबाट हास्यव्यङ्ग्यात्मक कार्यक्रम पनि सुरु भयो भन्ने विश्वास छ।

    राजा मल्लकी रानीलाई देखाउन त्यतिबेला राजदरबार रहेको हनुमानढोका अगाडिबाट लैजान सुरु गरिएको काठमाडाैँका मानिसका गाईजात्रा अहिले पनि हनुमानढोका दरबार अगाडिबाटै लैजाने चलन कायम रहेको छ।

    आजको दिन कतिपय मानिसले भने आफ्ना मृतकजनको स्मृतिमा रामायणको करुण रसका गीतसमेत गाउँछन्। गाईजात्राकै अवसर पारेर पाटनमा भने सत्ययुगदेखि सङ्कलन गरिएको विश्वास गरिने धान र चामल सार्वजनिक प्रदर्शनमा राख्ने गरिन्छ।

    यस अवसरमा विभिन्न पत्रपत्रिकाले हास्यव्यङ्ग्यात्मक विशेषाङ्क निकाल्छन् भने हास्यसमूहले हप्ता दिनभन्दा बढी गाईजात्रा कार्यक्रम चलाउँछन्। गाईजात्रा पर्व काठमाडाँै उपत्यकाका विभिन्न स्थानका अतिरिक्त काभेपलाञ्चोकका बनेपा, धुलिखेल र पनौती, सिन्धुपाल्चोकको बाह्रबिसे, नुवकोटको त्रिशूलीबजार, पाल्पा, दोलखा, खोटाड., रामेछाप, भोजपुरलगायत स्थानमा मनाउने गरिन्छ।

    नेपाली समाजमा गाईजात्रा व्यङ्ग्य गर्ने दिनको रूपमा समेत परिचित छ। 

    गाईजात्रामा नेवार समुदायमा पितृगणको सम्झनामा गाईको रूप धारण गरी टोलटोल घुम्ने गर्दछन। यस दिन भजन कीर्तन पनि गरिन्छ ।

    यी पर्वका अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।