Logo

२०८३, कार्तिक २७गते


images
images

सुन तस्करी प्रकरणमा महरा पुत्र राहुल पक्राउ

सुन तस्करी प्रकरणमा महरा पुत्र राहुल पक्राउ

images
  • सुन तस्करी प्रकरणमा महरा पुत्र राहुल पक्राउ
    images

    काठमाडौं । विद्युतीय चुरोट (भेप) मा लुकाएर भएको सुन तस्करी प्रकरणमा अनुसन्धानका लागि माओवादी केन्द्रका नेता कृष्णबहादुर महराका छोरा राहुल महरा पक्राउ परेका छन् ।

    images
    images
    images

    बुधबार दिउँसो उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नियन्त्रणमा लिएको जनाईएको छ। त्यसैगरी महरा स्रोतले राहुल महराले अनुसन्धानमा सहयोग गर्न आफैले गिरफ्तारी दिएको जनाएको छ। 

    images
    images
    images

    गत वर्ष भेपमा लुकाएर भएको सुन तस्करी प्रकरणमा जोडिएका चिनियाँ ब्यापारी दावासँग राहुलको पटक पटक टेलिफोन सम्पर्क भएको सीआईबीकै अनुसन्धानबाट खुलेको थियो । तर सो प्रकरणमा सरकारी वकिल कार्यालयले उनीविरुद्ध मुद्दा चलाएको थिएन ।

    images
    images

    तस्करीमा संलग्न ब्यापारीसँग माओवादी उपाध्यक्ष महरा र उनका छोरा राहुलको पटक पटक टेलिफोन सम्पर्क भएको खुले पनि उनीहरुमाथि अनुसन्धान नभएको भन्दै सार्वजनिक रुपमा विरोध भइरहेको थियो ।

    स्मरण रहोस केही समय अघि प्रधानमन्त्री पुस्पकमल दाहाल प्रचण्डले अपराधमा संलग्न पाईए जो कोहीलाई नछाडिने जनाउदै आएका छन्।  प्रधानमन्त्री प्रचण्ड कै निर्देशनमा महरा पक्राउ परेको माओवादी स्रोतको दावी छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।