Logo

२०८३, आश्विन ९गते


images
images

रानीपौवामा तायाःमचा नृत्य प्रतियोगिता हुने

रानीपौवामा तायाःमचा नृत्य प्रतियोगिता हुने

images
  • रानीपौवामा तायाःमचा नृत्य प्रतियोगिता हुने
    images
    images

    राजेश  पराजुली, पोखरा । यही १६ भदौमा पोखराको रानीपौवामा तायाःमचा नृत्य प्रतियोगिता हुनेभएको छ । नेवाःखल कास्कीको आह्वान र रानीपौवा नाच समिति पोखरा–११ को आयोजना उक्त प्रतियोगिता हुनेभएको हो । प्रतियोगिताको प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजक संस्था रानीपौवा नाच समिति पोखरा–११ले जानकारी दिए ।

    images
    images
    images

     पत्रकार भेटघाट कार्यक्र मार्फत दिइएको जानकारी अनुसार प्रतियोगिताको उद्घाटन शनिबार विहान ८ बजे पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले गर्ने तय भएको छ 

    images
    images
    images

    कार्यक्रम संयोजक ईश्वर कर्माचार्यका अनुसार उद्घाटन शत्र लगत्तै प्रतियोगिता शुरु हुनेछ भने प्रतियोगितामा ३३ वटा टीम सहभागि हुने अनुमान गरिएको छ । पुरुष तर्फ २४ र महिला ९ गरेर ३३ वटा टीमले सहभागिता जनाउने कार्यक्रम संयोजक कर्माचार्यले जानकारी दिए ।

    images
    images
    images

    नेवार समुदायमा परिवारको सदस्यको मृत्यू भएको एक वर्ष भित्र गाईजात्रा निकाल्ने परम्परा छ । गाईजात्रामा समावेश हुने बाजासहितको नाचलाई नै तायाःमचा भन्ने गरिएको हो । गाईजात्राको अवसरमा देखाईने तायाःमचा नृत्यको संरक्षण, सम्बद्र्धन र प्रर्वद्धन गर्ने उद्देश्यले पोखरामा गाईजात्रा पछिको पहिलो शनिबार तायाःमचा नृत्य प्रतियोगिता हरेक वर्ष आयोजना गरिदै आएको छ ।

    पत्रकार सम्मेलनमा बोल्दै नेवाः खल कास्कीका अध्यक्ष अशोक पालिखेले नेवार समुदाय भएका हरेक टोलमा तायाःमचा निस्कियोस् भनेर आफूहरुले प्रतियोगिता गर्नेगरेको बताए ।

    यस वर्षको प्रतियोगिताको बिजेताले पुरुषतर्फ ३ लाख १ रुपैयाँ, द्वितीय हुनेले २ लाख १ रुपैयाँ र तृतीय हुनेले १ लाख १ रुपैयाँ तथा सान्त्वना हुने एक टीमलाई ३० हजार रुपैयाँ प्राप्त गर्ने रानीपौवा तायाःमचा नाच समितिका अध्यक्ष प्रेमप्रसाद कर्माचार्यले जानकारी दिए ।

    उनका अनुसार महिलातर्फको उपाधि बिजेतालाई ४० हजार र द्वितीय हुनेलाई २० हजार प्रदान गरिनेछ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नृत्य प्रतियोगिता
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।