Logo

२०८३, कार्तिक २७गते


images
images

महरा बाबुछोरामाथि छानबिन गर्न सिआईबीलाई निर्देशन 

महरा बाबुछोरामाथि छानबिन गर्न सिआईबीलाई निर्देशन 

images
  • महरा बाबुछोरामाथि छानबिन गर्न सिआईबीलाई निर्देशन 
    images

    काठमाडौ । सरकारी वकिल कार्यालयले सुन तस्करी प्रकरणमा मुछिएका सत्तारुढ नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा र उनका छोरा राहुल महरामाथि छानबिन गरी पुरक प्रतिवेदन ल्याउन प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई निर्देशन दिएको छ।

    images
    images
    images

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन भित्र्याउने चिनियाँ तस्करसँग सम्बन्ध पुष्टि हुँदा समेत सरकारले पूर्व सभामुख एंव माओवादी नेता महरा र उनका छोरा राहुललाई अनुसन्धानको दायरामा ल्याउन सकेको छैन। 

    images
    images
    images

    महरा बाबु–छोराको सम्पर्क विद्युतीय चुरोट ‘भेप’ मा लुकाएर सुन तस्करी गर्ने समूहसँग रहेको देखिएको छ। २०७९ पुस १० मा दुबईबाट ‘भेप’ मा लुकाएर सुन ल्याउने समूहका चिनियाँ नागरिक दाओजिन वाङसँग महरा र उनका छोराहरूको बाक्लो सम्पर्क भएको देखिएको छ।

    images
    images

    सीआइबीले महरा बाबुछोरामाथि यथेष्ठ प्रमाण जुटाएको छ। ब्यूरोले महरा र उनका छोरा राहुललाई सुन ल्याउने समूहका ‘मुख्य योजनाकार’ किटान गरेर अनुसन्धान प्रतिवेदन बुझाएको थियो। 

    अनुसन्धान प्रतिवेदनमा ‘मुख्य योजनाकार’ किटान गरेर बयान समेत नगराएको भन्दै जिल्ला सरकारी वकिल कार्यालयले उनीहरूमाथि अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएको हो।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # महरा बाबुछोरा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।