रूपन्देही । तिलोत्तमा जारी `तिलोत्तमा डान्सिङ एन्ड सिंगिङ च्याम्पियनसिप´ को पहिलो अडिसनमा ४४ जना प्रतियोगी छनौट भएका छ्न् ।
शनिबार भएको अडिसनमा गायनतर्फ ११ र नृत्य तर्फ ३३ गरि पहिलो राउनडमा ४४ जना छानिएका हुन । बालबालिकामा अन्र्तनिहीत गायन र नृत्य प्रतिभालाई बाहिर ल्याउनका लागि सिंगिङ एन्ड डान्सिङ कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएका छ्न्।
कार्यक्रममा प्रमुख एवम् ए पि डान्स एकेडेमीका संन्चालक प्रवेश न्यौपानेले शहर केन्द्रित यस्तो कार्यक्रम भईरहेको समयमा गाउँगाउँका अवसरबिहीन गायन र नृत्य प्रतिभालाई अवसर र मञ्च प्रदान गर्नका लागि यो कार्यक्रम आयोजना गर्न लागिएको बताए। उनले भने,‘अहिलेका बालबालिकामा सानैदेखि फरकस्तरको लोभलाग्दो गायन र नृत्य प्रतिभा पाइन्छ। त्यस्ता वास्तविक प्रतिभा अवसर र मञ्च पाउनबाट वञ्चित हुँदै आएका छन्। तीनै वास्तविक प्रतिभाको खोजीका लागि हाम्ले कार्यक्रम ल्याएका हौ ।
कार्यक्रममा उत्कृष्ट प्रतियोगीले नगद पुरस्कार सँगै गिफ्ट ह्याम्पर, म्युजिक भिडियो सुट, फोटो सुट, डान्स वर्कसप, व्यक्तिको बिकाश तालिम, उद्घोषक तालिम, लगु चलचित्रमा खेल्ने अवसर पाउने आयोजकले जनाएको छ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology