Logo

२०८३, कार्तिक २७गते


images
images

साहित्यकार तुल्सी थापाको निधन

साहित्यकार तुल्सी थापाको निधन

images
  • साहित्यकार तुल्सी थापाको निधन
    images

    बागमती । मकवानपुरका शिक्षा सेवी तथा वरिष्ठ साहित्यकार तुल्सी थापाको निधन भएको छ । ७८ वर्षीय थापाको उपचारका क्रममा आज चितवनस्थित पुरानो मेडिकल कलेजमा निधन भएको उहाँका ज्वाइँ रवीन्द्र मगरले जानकारी दिए ।

    images
    images
    images

    मुटुसम्बन्धी समस्या, निमोनिया, मधुमेह, रक्तचापलगायत स्वास्थ्य समस्याले ग्रसित भएपछि साहित्यकार थापा केही महिनादेखि अस्पताल भर्ना भएका थिए ।

    images
    images
    images

    दाना कविता सङ्ग्रह ‘एक निमेष अनन्तको’, नाटक ‘अमर सिंहको खोजीमा अमर सिंह’ र कथासंग्रह ‘फरक आकाश’ लगायत साहित्यिक सिर्जना प्रकाशन गर्नुभएका थापाले कविता विधामा नयाँ दाना कविताको सुरुआतसमेत गरेका थिए ।

    images
    images

    गोरखा दक्षिण बाहु चौथो, नारायणी वाङ्मय पुुरस्कारसहित विभिन्न सम्मान प्राप्त गर्नुभएको थापा भीम विराग सङ्गीत, साहित्य, कला प्रतिष्ठानका पूर्वअध्यक्षसमेत थिए । स्व .थापाको बेलायतमा रहेकी छोरी आज साँझ आएपछि दाहसंस्कार गरिनेछ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # तुल्सी थापाको निधन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।