Logo

२०८३, आश्विन १०गते


images
images

साफ यू १९ फुटबल नेपालमा आयोजना हुने

साफ यू १९ फुटबल नेपालमा आयोजना हुने

images
  • साफ यू १९ फुटबल नेपालमा आयोजना हुने
    images
    images

    काठमाडौं । अखिल नेपाल फुटवल संघ एन्फाले आगामी असोज ४ देखि १३ गतेसम्म दशरथ रंगशालामा साफ अन्डर १९ (यू १९) फुटवल २०२३ आयोजन गर्ने भएको छ ।

    images
    images
    images

    दक्षिण एसियाली फुटवल महासंघ (साफ) को तालिका अनुसार प्रतियोगिता आगामी असोज ४ देखि १३ गतेसम्म गर्न लागेको एन्फा प्रवक्ता सुरेश साहले जानकारी दिए ।

    images
    images
    images

    सोमबार एन्फा हल सातदोबाटोमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता साहले उक्त प्रतियोगितामा नेपाल लगायत दक्षिण एसियाली राष्ट्रका अन्य ५ टोलीको प्रतिस्पर्धा गर्ने बताए ।

    images
    images
    images

    उनले भने, ‘नेपाल लगायत माल्दिभ्स,पाकिस्तान, भारत, भूटान, बंगलादेशले सहभागिता जनाउँदै छन् । प्रतियोगिताको तयारीको लागि नेपाली यू १९ टोलीले मुख्य प्रशिक्षक सुनिलकुमार श्रेष्ठको नेतृत्वमा २०८० भदौ ४ (आजबाट ) प्रशिक्षण सुरु गरिसकेको छ 

    यू १९ फुटवल प्रतियोगिता २०२३ को लागि नेपाली टोलीका ३५ जना खेलाडीहरु आजबाट एन्फाको बन्द प्रशिक्षणमा रहेर तयारी गरिरहेका छन् ।

    एन्फाले खेलमा सहभागी खेलाडीको लागि प्रशिक्षण गर्न नेपाली सेनाको भद्रकाली खेल मैदान र च्यासल खेल मैदानमा व्यवस्था गरेको जनाएको छ ।

    प्रतियोगिता सञ्चालनको लागि एन्फाले २ करोड ७७ लाख ३२ हजार ८ सय रुपैयाँ बजेट लाग्ने अनुमान गरेको प्रवक्ता साहले जानकारी दिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # साफ यू १९ फुटबल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।