काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्सको उपाधि सिक्किमका प्रीतम राईले जितेका छन् । इन्ट्रा नेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको आयोजनामा ललितपुरको गोदावरीमा भएको उक्त शो जितेका राईले नगद एक करोडसँगै विभिन्न गिफ्ट ह्याम्परहरु समेत प्राप्त गरे।
यसैगरी प्रतियोगितामा शिशिर थताल, फस्ट रनरअप, सरद हुमागाइँ सेकेण्ड रनरअप, परेश राई थर्ड रनरअप, र साईरान खाती फोर्थ रनअप भए । उनीहरुले पनि जनही नगद पुरस्कार पाए।
त्यस्तगरी, मेरो डान्स युनिभर्स’को उपाधि थाइल्याण्डकी खुसी कार्कीले जितेकी छिन् । उनले नगद एक करोडसँगै विभिन्न गिफ्ट ह्याम्पर पाएकी छिन् ।
ग्रान्ड फिनालेमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को हातबाट उनीहरुले पुरस्कार ग्रहण गरेका थिए। यो शो नेपालकै सबैभन्दा ठूलो धनराशीको रियालिटी शो हो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology