Logo

२०८३, कार्तिक २७गते


images
images

कक्षा १२ को पूरक परीक्षाको समय तालिका सार्वजनिक

कक्षा १२ को पूरक परीक्षाको समय तालिका सार्वजनिक

images
  • कक्षा १२ को पूरक परीक्षाको समय तालिका सार्वजनिक
    images

    काठमाडाैं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेड वृद्धि  (पूरक) परीक्षाको समय तालिका सार्वजनिक गरेको छ।

    images
    images
    images

    परीक्षा असोज ६ र ७ गतेका लागि तय भएको छ।

    images
    images
    images

    राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि परीक्षाका लागि भदौ ३१ गतेसम्म आवेदन फारम बुझाउन आग्रह गरेको छ ।

    images
    images

    परीक्षाको समय तालिका सार्वजनिक गर्दै बोर्डले  आवेदन फाराम बुझाउन आग्रह गरेको हो।

    पहिलो दिन असोज ६ गते अनिवार्य अंग्रेजी र एक विषयमा परीक्षा दिने सबै परीक्षार्थीहरूका सबै विषयको परीक्षा हुनेछ।

    दोस्रो दिन असोज ७ गते दुई विषयमा परीक्षा दिने विषयहरूमध्येको बाँकी रहेको विषयको परीक्षा सञ्चालन हुनेछ।

    ग्रेडवृद्धि परीक्षामा सहभागी हुन चाहने विद्यार्थीले भदौ २२ भित्र बोर्डको खातामा ६ सय रूपैँया परीक्षा शुल्क बुझाइसक्नुपर्नेछ। सो अवधिभित्र रकम जम्मा गर्न छुटेकाले भदौ ३१ गते भित्र  दोब्बर दस्तुर १ हजार २ सय रूपैयाँ जम्मा गरेको भौचरसहित आवेदन फाराम बझाइसक्नुपर्नेछ।

    परीक्षा केन्द्र पछि तोक्ने बोर्डले जनाएको छ। कुनै आकस्मिक बिदा पर्न गएमा समेत परीक्षा नियन्त्रण कार्यालयको पूर्व सूचनाविना परीक्षा स्थगित नगरिने बोर्डले जानकारी दिएको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।