Logo

२०८३, कार्तिक २६गते


images
images

पृथ्वीनारायण शाहको प्रतिमा हटाएको विरोधमा पोखराका मेयरको पुत्ला दहन

पृथ्वीनारायण शाहको प्रतिमा हटाएको विरोधमा पोखराका मेयरको पुत्ला दहन

images
  • पृथ्वीनारायण शाहको प्रतिमा हटाएको विरोधमा पोखराका मेयरको पुत्ला दहन
    images

    राजेश  पराजुली, पोखरा ।पोखरा राष्ट्रिय प्रजातन्त्र पार्टी कास्कीले पोखराका मेयर धनराज आचार्यकोे पुत्ला दहन गरेको छ । पृथ्वीचोकबाट मध्यरातमा मेयर आचार्यकोे आदेशमा पृथ्वीनारायण शाहको प्रतिमा हटाइएको भन्दै पुत्ला जलाएको हो ।

    images
    images
    images

    आदिवासी दिवसका दिन बिहीबार पृथ्वीनारायण शाहको शालिकसँगै राखिएको प्रतिमा हटाएपछि शालिकको विवाद सुरु भएको थियो । आदिवासी जवनजातिले हटाएपछि राप्रपाले फेरि पृथ्वीनारायण शाहको प्रतिमा लखन थापाको शालिकसँगै राखेको थियोे । शुक्रबार मध्यराति महानगरले फेरि प्रतिमा हटाएको हो ।

    images
    images
    images

    पोखराका मेयर धनराजले देश एकीकरण गर्ने राष्ट्रनिर्मातालाई अपमान गर्ने काम गरेकोे राप्रपा कास्की अध्यक्ष नारायण गुरुङले बताए । पृथ्वीचोकमा पृथ्वीनारायण शाहकै शालिक हुनुपर्ने उनकोे भनाइ थियो ।

    images
    images

    चोकमा ताला लगाएर राखिएको प्रतिमा महानगरले फोरेर लगेको आरोप राप्रपाको छ । लखन थापाप्रति पनि सम्मान गर्ने तर पृथ्वीचोकमा पृथ्वीनारायण शाहकै शालिक राख्नुपर्ने गुरुङको भनाइ छ ।

    मसाल जुलुससहित मेयरविरुद्ध नारा लगाउँदै पुत्ला जलाएको राप्रपाले निरन्तर आन्दोलन गर्ने अध्यक्ष गुरुङले बताए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मेयरको पुत्ला दहन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।