देवदह । रोट्रयाक क्लब अफ तिलोत्तमा देवदहको एघारौं पद हस्तान्तरण तथा धन्यवाद ज्ञापन कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा बर्ष २०२२/२३ का अध्यक्ष मनिलाल तिवारीले बर्ष २०२३/२४ का अध्यक्ष बिक्रम भुसालकाे टिमलाई पद हस्तान्तरण गरेका हुन । सो कार्यक्रम दुई चरणमा भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि रोट्रयाक डिस्ट्रीक ३२९२ नेपाल भुटानका डि आर आर रोशन कार्कीले क्लबले गरेका विभिन्न कार्यक्रमहरुले गर्दा पनि यो क्लब देवदहको अब्बल क्लबको रुपमा रहेको बताए। उनले नव निर्वाचित समितिलाई शुभकामना समेत व्यक्त गरेका थिए । नेतृत्व गर्नेको भागमा प्रशंसा कम पर्ने र आलोचना सहन सक्ने मान्छे नै नेता बन्न सक्ने उनको भनाइ छ। उनले असफल हुनु भनेको सफलताको पहिलो स्टेज रहेको बताए।
कार्यक्रममा बोल्दै देवदह नगरपालिका वडा नं ५ का वडा अध्यक्ष तथा नगर प्रवक्ता गणेश डुम्रेले क्लबले गरेका हरेक कार्यक्रम सह्रनिय रहेको बताउदै समाज रुपान्तरण गर्ने भनेकै युवाहरूले रहेको बताएका छन। उनले क्लब स्थापना भए देखि नै निस्वार्थ रुपले सामाजिक कार्य गर्दै आएको बताउदै क्लबलाई धन्यवाद दिएका थिए। डुम्रेके यस क्लबले देवदहको हरेक क्षेत्रमा पुगेर विभिन्न सामाजिक कार्य स्वास्थय शिविरहरु गर्दै आईरहेको र समाज विकासमा यस्ता खाले कार्यक्रमले ठुलो सहयोग पुग्ने बताए । साथै क्लबले गरेका कार्यक्रमहरुमा सहकार्य गरेर अघि बढ्ने र आफ्नो र स्थानीय सरकारको तर्फबाट सक्दो सहयोग रहने कुरा व्यक्त गरेका थिए। कार्यक्रममा बर्ष २०२२/२३ का अध्यक्ष तिवारीले वर्षभरी गरेका कामको प्रगती प्रतिवेदन गरेका थिए। त्यस्तै पद हस्तान्तरणपछि बोल्दै क्लबका अध्यक्ष भुसालले निस्वार्थ रुपले सामाजिक कार्य गर्दै क्लवलाई अग्रसर गराउने बताए ।
कार्यक्रममा बर्ष २०२२/२३ मा उत्कृष्ट कार्य गरेका रोट्रयाक सदस्यहरु विभिन्न विधामा सम्मानित भएका थिए। वर्ष २३/२४ काे प्रथम उपाध्यक्षमा सन्दिप पौडेल, उपाध्यक्षहरू विजय अंगाई, प्रविन गौडेल, सचिवमा ललिता घिमिरे, सह-सचिवमा प्रीति यादव, काेषाध्यक्षमा आशिष न्यौपाने, सह-काेषाध्क्षमा गिता ढकाल रहेका छन । कार्यक्रम प्रथम उपाध्यक्ष सन्दिप पौडेलको स्वागत, कार्यक्रम संयोजक पार्वती आर्यालको धन्यवाद ज्ञापन र पहिलो सेसन वर्ष २०२२/२३ का सचिब प्रविन गौडेल र दोस्रो सेसन वर्ष २३/२४ का सचिब ललिता घिमिरेको सञ्चालनमा भएको थियो।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology