ज्ञानेश्वर उपाध्याय, भैरहवा । रुपन्देहीको भैरहवास्थित एक प्रतिष्ठित फोटो फ्रेमिङ्ग पसलमा आगो लागी हुदा ५ करोडको छती भएको छ । सिद्धार्थनगर नगरपालिका–८ नारायण पथमा भएको उक्त आगलागी दमकल, नेपाली सेना, नेपाल प्रहरी र स्थानीयको रातभरको प्रयास पछि नियन्त्रणमा आएको छ । तर, पूर्ण रुपमा आगो निभेको भने छैन ।
नारायण पथमा रहेको सुन्दर ग्लास हाउसमा शनिबार राति सवा नौ बजेदेखि आगो लागेको थियो । रातभर नियन्त्रणमा नआएको आगो आइतबार बिहान ५ बजे नियन्त्रणमा आएपनि अहिले आगो निभाउने काम भइरहेको छ । 
आगो नियन्त्रणका लागि २० भन्दा बढी दमकलको प्रयोग भएको छ भने शसस्त्र प्रहरी , नेपाली सेना र स्थानीयको सहभागिता रहेको छ । जिल्लाका भैरहवा, बुटवल, तिलोत्तमा, सैनामैना, लुम्बिनी, भैरहवा बिमानस्थल, नेपाल आयल निगममा रहेका दमकलका साथै छिमेकी जिल्लाहरु परासी, कपिलवस्तु र सुनवल नगरपालिका लगाएतका दमकलहरु सहभागी छन् ।
आगलागीबाट दुई तल्ले घर ध्वस्त भएको छ । प्लाइबोर्डको ठूलो गोदाम रहेको घरमा विद्युत सर्किट सर्ट भएर आगोलागी हुँदा सबै प्लाइबोर्ड नष्ट भएको छ । माथिल्लो तल्लामा सोही पसलधनीको परिवार बस्दै आएकोमा निजहरुको सकुशल उद्धार गरिएको थियो । घरमै रहेको नगद, मोटरसाइल, लगाएत गरि करिब ५ करोड बढी को क्षति भएको घरधनी सुन्दर अग्रहरीले जानकारी दिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology