देवदह । देवदहमा विश्व आदिवासी दिवस मनाइएको छ । ‘पहिचान र अधिकार सुनिश्चितताको लागि आदिवासी जनजाति आन्दोलनमा सहभागी बनौं, परम्परागत ज्ञान सिपको प्रवर्द्धन गर्दै पुर्ख्यौली भूमि, भाषा र संस्कृतिको संरक्षण गरौं’ भन्ने राष्ट्रिय मूल नारा सहित देवदहमा पनि विश्व आदिवासी मनाइएको हो।
विश्व आदिवासी दिवसका देवदह नगरपालिकाका नगर प्रमुख ध्रुवप्रसाद खरेलले नेपाल सबै जातजातिको साझा फुलवारी रहेको बताए । कार्यक्रममा शुभकामना प्रदान गर्दै नगर प्रमुख खरेलले भाषा, धर्म, संस्कार, संस्कृति र रितिरिवाजको आफ्नै महत्व हुने भएकोले सबै मिलेर रक्षा र जगेर्ना गर्नुपर्ने भनाई व्यक्त गरे ।
त्यस्तै देवदह नगरपालिकाका उपप्रमुख विद्यालक्ष्मी गुरुङले नेपाल बहुभाषिक, बहुसांस्कृतिक तथा बहुधार्मिक देश भएकाले सम्पूर्ण समुदायको निर्णायक तहमा पहुँच स्थापना हुनुपर्ने धारणा व्यक्त गरेकि थिइन। शुभकामना प्रदान गर्दै उपप्रमुख गुरुङले विश्वभर रहेका आदिवासी तथा जनजातिहरु एक हुन आवश्यक रहेको बताइन।
नेपाल मगर संघ केन्द्रीय भाषिक उपाध्यक्ष दल बहादुर बिरकट्टा मगरले विगत २९ वर्षदेखि मनाउंदै आईरहेको अन्तराष्ट्रिय विश्व आदिवासी दिवसमा आदिवासी जनजातिहरुको जातीय, भाषिक, साँस्कृतिक तथा धार्मिक पहिचानको जर्गेना संगै आदिवासीहरुको मौलिक ज्ञान सिप र उनीहरुको थाकथलोको संरक्षण एवम् प्रवर्धन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन । उनले आदिवासी दिवस जस्तै नेपालमा मनाइने दिवसहरु खानपिनमा मात्रै सिमित भएको भन्दै आगामी दिनहरुमा चियापानमा मात्र सिमित नभएर बहस अन्तरक्रिया हुनुपर्ने धारणा व्यक्त गरे।
कार्यक्रममा देवदह -२ का वडा अध्यक्ष दल बहादुर राकसकोटी, वडा नम्बर ३ का अध्यक्ष यज्ञ अर्याल, सल्लाहकार कालुराम थापा, नेपाल मगर संघ केन्द्रिय अनुशासन आयोगका सदस्य जसु पुन, नेपाल मगर संघ देवदह नगर समितिका अध्यक्ष शोभा कुमारी थापा, गुरुङ समाज देवदहका अध्यक्ष मन बहादुर गुरुङ, थारु कल्याणकारी सभा देवदहका सदस्य राज कुमार चौधरी, नेवा पुच: देवदहका अध्यक्ष कुशल श्रेष्ठले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रम संस्थाका अध्यक्ष मिना श्रेष्ठको अध्यक्षता, उपाध्यक्ष दिनेश चौधरीको स्वागत, सुरेन्द्र चौधरी र चोलिमाया रानाको संचालनमा सम्पन्न भएको थियो।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology