Logo

२०८३, कार्तिक २७गते


images
images

रास्वपा कार्यकर्ता वाकीटकी सहित हिडेकोमा प्रशासनको आपत्ति, अनुसन्धान गर्न निर्देशन

रास्वपा कार्यकर्ता वाकीटकी सहित हिडेकोमा प्रशासनको आपत्ति, अनुसन्धान गर्न निर्देशन

images
  • रास्वपा कार्यकर्ता वाकीटकी सहित  हिडेकोमा प्रशासनको आपत्ति, अनुसन्धान गर्न निर्देशन
    images

    काठमाडौं– संघीय राजधानी काठमाडौं र पर्यटकीय शहर पोखरालाई तराईका जिल्लासँग जोड्ने प्रमुख राजमार्ग (नारायणगढ–मुग्लिन) सडकखण्डमा वाकीटकी लिएर राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ता देखिएपछि चितवन प्रशासनले आपत्ति जनाएको छ। उक्त विषयमा छानबिन गर्न स्थानीय प्रशासनले प्रहरीलाई निर्देशन समेत दिएको छ। 

    images
    images
    images

    मुग्लिन बजार नामक फेसबूक पेजबाट सार्वजनिक भएको एउटा तस्बिरमा सुन्तला रङको पहिरनमा रहेका एक व्यक्ति हातमा वाकीटकी बोकेर सडक छेउमा उभिएका देखिन्छन्। तस्बिरमा उनले वाकीटकीमार्फत् कसैसँग कुरा गरिरहेको देखिन्छ। उनले लगाएको ज्याकेटमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चुनाव चिह्न घण्टी अंकित। यस्तै, आरएटी लेखिएको छ।

    images
    images
    images

    रास्वपाका नेताहरुले विपत् प्रतिकार्य तथा उद्धार र राहतका लागि र्‍यापिड एक्टन टिम गठन गरिएको र मुग्लिन–नारायणगढमा पनि उक्त टिमका सदस्यहरु पुगेको बताएका छन्। रास्वपाका सभापति रवि लामिछानेका केही समर्थकहरुले रास्वपाको र्‍यापिड एक्सन टिमले नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो पन्छाउन, जाममा परेका सवारी साधनको आवागमन सहज पार्न र अलपत्र परेका यात्रुहरुको उद्धारमा सहयोग गरेको भन्दै प्रचार गरेका थिए। 

    images
    images

    उक्त विषयले सामाजिक सञ्जालमा चर्चा पाएपछि स्थानीय प्रशासनले त्यसप्रति चासो देखाएको हो।  

    चितवनका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले सूचना जारी गर्दै पहिरो पन्छाउने वा जाम हटाउने विषयमा कुनै अमुक दल तथा सोअन्तर्गतका संगठनको सहयोग नलिइएको, लिन स्वीकृत नदिएको बताएका छन्। उनले पहिरो पन्छाउन राज्यका अङ्गबाट भएको स्रोतसाधन र जनशक्ति प्रयोग गरी पहिरो पन्छाएर सडक सुचारु गरिएको प्रजिअ पौडेलले उल्लेख गरेका छन्। 

    प्रजिअ पौडेलले जारी गरेको सूचनामा विपत्‌का घटनाको उद्धार र व्यवस्थापन गर्न सुरक्षा निकाय लगायत राज्यका अङ्गहरु सक्षम रहेको पनि दाबी गरिएको छ। 

    प्रजिअ पौडेलले सञ्चार सेट (वाकिटकी) प्रयोग गरेको देखिएको र उक्त सञ्चार सेट स्वीकृति लिएको वा दर्तावाल हो, होइन भनेर अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिइएको जनाएका छन्। 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रास्वपाका कार्यकर्ता
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।