Logo

२०८३, कार्तिक २६गते


images
images

पोखराको फोहोर विसर्जन गर्न सुरु, फोहोर बोकेर ३० वटा गाडी लामेआहाल पुगे

पोखराको फोहोर विसर्जन गर्न सुरु, फोहोर बोकेर ३० वटा गाडी लामेआहाल पुगे

images
  • पोखराको फोहोर विसर्जन गर्न सुरु, फोहोर बोकेर ३० वटा गाडी लामेआहाल पुगे
    images

    राजेश  पराजुली, पोखरा । पोखरा महानगरपालिका भित्रको फोहोरलाई आजबाट विसर्जन गर्न सुरु गरिएको छ । यस अघि फोहोर विसर्जन गरिँदै आएको पोखरा ३२ लामेआहाल स्थित अस्थायी ल्यान्डफिल साइटमै पुनः फोहोर विसर्जन गर्न थालिएको हो ।

    images
    images
    images

    ल्यान्डफिल साइटमा महानगरले सहमति अनुसार काम नगरेको तथा लापरबाहीका कारण दुर्गन्ध फैलिएको भन्दै स्थानीयले झन्डै दुई सातादेखि फोहोर फाल्न अवरोध गर्दै आएका थिए ।

    images
    images
    images

    स्थानीयहरू मध्येबाट तत्काल फोहोर फाल्न रोक लगाउने गरी अन्तरिम आदेशको मागसहित उच्च अदालत पोखरामा मुद्दा दर्ता गरेकोमा अदालतले आइतबार अन्तरिम आदेश दिनु नपर्ने आदेश गरेको थियो । उक्त आदेशसँगै महानगरपालिकालाई लामेआहालमा फोहोर व्यवस्थापन गर्ने कानुनी बाटो खुला भएको हो ।

    images
    images

    अदालतको निर्णयपछि महानगर, स्थानीय प्रतिनिधि र सङ्घर्ष समितिका बीचमा सोमबार केही चरणमा कुराकानी भए पनि सहमति जुट्न सकेको थिएन । महानगर सहमतिमै काम गर्न तयार रहेको बताउँदै महानगरका प्रवक्ता मोती तिमिल्सिनाले यसअघि भएका सहमतिलाई पूर्ण रूपमा कार्यान्वयनमा लगिने र आवश्यक थप समझदारी खोज्दै जाने योजनाका साथ महानगर अघि बढेको जानकारी दिए । प्रवक्ता तिमिल्सिनाका अनुसार ३० वटा गाडी बिहान फोहोर बोकेर ल्यान्डफिल साइट पुगेकोमा बिहान १०:३० बजेसम्म २० वटा गाडीको फोहोर विसर्जन भइसकेको छ ।

    प्रवक्ता तिमिल्सिनाले भने, ‘फोहोर व्यवस्थापनको विषयमा नगरप्रमुख ( धनराज आचार्य) ज्यू अत्यन्त गम्भीरतापूर्वक लाग्नुभएको छ । उहाँले निरन्तर स्थानीयसँग संवाद र सम्पर्क गर्दै आउनुभएको छ । महानगर १६ बुँदै प्रतिबद्धतालाई अक्षरशः पालना गर्न कटिबद्ध रहेको छ । प्रतिबद्धता पुरा गर्ने र फोहोर व्यवस्थापन गर्ने विषयमा नगरप्रमुख, उपप्रमुख, वडाका प्रतिनिधिहरुसंगै सिङ्गो महानगर एक ढिक्का छ । अव फोहोर उठाउने र विसर्जन गर्ने कार्यले निरन्तरता पाउँछ ।’ महानगरले आजैदेखि घरघरबाट फोहोर संकलन गर्नेसमेत तिमिल्सिनाले बताए ।

    अदालतको आइतबारको आदेशपछि स्थानीयले गर्ने सक्ने सम्भावीत अवरोधको विषयलाई लिएर सोमबार जिल्ला प्रशासन कार्यालय कास्कीमा जिल्ला सुरक्षा समितिको बैठक बसेको थियो । बैठकबाट लामेआहालमै फोहोर फाल्नको लागि आवश्यक सुरक्षाको प्रबन्ध मिलाउने निर्णय समेत भएको थियो ।

    लामेआहाल स्थित सेती नदी किनारको खाल्डो पुरेर फोहोर व्यवस्थापन गर्ने गरी महानगरपालिका र स्थानीयबिच ६ महिनाअघि समझदारी भएको थियो । तर, महानगरले स्थानीयसँग गरिएको १६ बुँदै सम्झौता पालना नगरेको भन्दै पछिल्लो समय स्थानीयले फोहोर व्यवस्थापनमा अवरोध गर्दै आएका थिए ।

    पोखरा महानगरले क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि पोखरा १४ मा रहेको ल्यान्डफिल साइट पुरेर लामेआहालमा फोहोर विसर्जन गर्दै आएको छ । ६ महिनामा पोखरा ३३ मा स्थायी ल्यान्डफिल साइट निर्माण गर्ने निर्णय गरेको पोखरा महानगरपालिकाले उक्त स्थानमा ल्यान्डफिल साइट निर्माण गर्न प्रारम्भिक प्रक्रिया सुरु भएको जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पोखराको फोहोर विसर्जन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।