Logo

२०८३, कार्तिक २६गते


images
images

पाेखरामा आखाँ पाक्ने राेगका बिरामीकाे संख्यामा वृद्धि, साबधानी अपनाउन चिकित्सकहरुकाे आग्रह

पाेखरामा आखाँ पाक्ने राेगका बिरामीकाे संख्यामा वृद्धि, साबधानी अपनाउन चिकित्सकहरुकाे आग्रह

images
  • पाेखरामा आखाँ पाक्ने राेगका बिरामीकाे संख्यामा वृद्धि, साबधानी अपनाउन चिकित्सकहरुकाे आग्रह
    images

    राजेश  पराजुली, पोखरा । पोखरामा पछिल्लो समय आँखा पाक्ने राेग (एडिनो भाइरल कन्जङटिवाइटिस) फैलिरहेकाे छ । याे राेग फैलिएसँगै यसका बिरामीहरु पनि दिनप्रतिदिन बढ्दाे क्रममा छ ।

    images
    images
    images

    यसै विषयलाई लिएर हिमालय आखाँ अस्पतालले सोमबार जनचेतना मुलक कार्यक्रम एवम पत्रकार सम्मेलनकाे आयाेजना गर्दै पाेखरामा पछिल्लो समय यस राेगका बिरामीहरुकाे संख्या वृद्धि भएकोले साबधानी अप्नाउन सबैमा आग्रह गरेकाे छ ।

    images
    images
    images

    दैनिक ७ सय ५० बिरामी जाँच गर्दै आएको यस अस्पतालले आँखा पाक्ने समस्या आएपछी अहिले दैनिक १३ सय बिरामीहरको उपचार गरिरहेको अस्पतालकी मेडिकल डाइरेक्टर प्रा.डा.इलिया श्रेष्ठले जानकारी दिएकी छन् ।

    images
    images

    उनले यो हप्ता मात्रै १५ सय बिरामी आँखा पाक्ने समस्या लिएर अस्पताल आएको बताएकी छन् । जसमा ९ सय बालबालिका मात्रै छन् । उनका अनुसार अन्य उमेर समुहलाई भन्दा बालबालिकामा आँखा पाक्ने समस्या बढी देखिएको बताइन । विशेषगरी बालबालिकामा आँखा पाक्ने समस्या बढीको हुनुकाे प्रमुख कारण बच्चाहरुले हात नधोइकन आँखामा छुने भएकाे उनले बताइन ।

    त्यस्तै प्रा.डा.श्रेष्ठका अनुसार आँखा पाक्ने समस्याका बिरामी आइतबार मात्र ६ सय २९ जना आएकाे समेत जानकारी दिइन। याे राेग त्यति जटिल नभएपनि यसकाे उपचार भने समयमा नै गर्नुपर्ने उनले बताइन ।

    एडिनो भाइरल कन्जङटिवाइटिस भाइरसको संक्रमणपछि आँखा रातो हुने, चिलाउने, बिझाउने, आँखामा चिप्रा लाग्ने तथा पाक्ने जस्ता समस्या देखापर्ने हुदाँ यस्ता लक्षण देखिएमा समयमा नै उपचार गर्नुपर्ने समेत बताइन ।

    दाङ, भरतपुर र जनकपुरमा अाखाँ पाक्ने समस्याका कारण विद्यालय बन्द भएको अवस्थामा पोखरामा पनि अहिले बच्चामा आँखा पाक्ने समस्या बढी देखिएकाले एकहप्ता विद्यालय नै बन्द गर्नुपर्ने सुझाव दिएकी छन ।

    प्रा.डा. श्रेष्ठले दिएकाे जानकारी अनुसार हिमालयन आँखा अस्पतालको क्षमता दैनिक ८ सय जनाको भएको तर हाल आँखा पाक्ने समस्या आएपछी बिरामी दैनिक १५ सय पुग्ने गरेको छ ।

    आँखा पाक्ने समस्या भएमा हिमालय आँखा अस्पताल नै आउनु पर्छ भन्ने छैन जिल्ला जिल्लामा रहेका आँखा उपचार केन्द्र वा अस्पतालबाट पनि सेवा लिन सकिने उनले बताएकी छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # आखाँ पाक्ने राेग
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।