Logo

२०८३, कार्तिक २७गते


images
images

फोहोर विसर्जनमा अवरोध नगर्न उच्च अदालत पोखराको आदेश

फोहोर विसर्जनमा अवरोध नगर्न उच्च अदालत पोखराको आदेश

images
  • फोहोर विसर्जनमा अवरोध नगर्न उच्च अदालत पोखराको आदेश
    images

    राजेश  पराजुली, पोखरा । पोखरा महानगरलाई तत्कालका लागि अहिलेकै स्थानमा फोहोर व्यवस्थापन गर्न बाटो खुला भएको छ । उच्च अदालत पोखराले आज  आदेश जारी गर्दै अन्तिम फैसला नआउँदासम्मका लागि फोहोर विसर्जनमा अवरोध नगर्न भनेको हो ।

    images
    images
    images

    अस्थायी रुपमा फोहोर विसर्जन गर्ने प्रयोग भइरहेको पोखरा ३२ को लामेआहाल स्थित ल्यान्डफिल साइटमा फोहोर फाल्न नदिन महानगरको नाममा अन्तरिम आदेशको माग गर्दै स्थानीयले बिहीबार उच्च अदालत पोखरामा रिट निवेदन दिएकोमा अदालतले त्यस्तो आदेश जारी गर्नु नपर्ने जनाएको छ ।
     उच्च अदालत पोखराले विपक्षी पोखरा महानगरपालिकाका नाममा एक हप्ताभित्र कारण देखाऊ आदेश जारी गरेको थियो । आज  दुवै पक्षको बहस सुनिसकेपछि अदालतले निवेदकको माग बमोजिम अन्तरिम आदेश जारी गर्नु नपर्ने आदेश दिएको हो ।

    images
    images
    images

    ल्यान्डफिल साइटमा महानगरले सहमति अनुसार काम नगरेको तथा वातावरणीय प्रभाव परेकोले तत्काल फोहोर विर्सजन रोक्न भन्दै  स्थानीय रविन केसी, तिथेन्द्र केसी र ब्रजेश गुरुङले महानगरविरुद्ध रिट दायर गरेका थिए । स्थानीयले अवरोध गरेपछि विगत  ११ दिन देखि  फोहोर व्यवस्थापनमा समस्या उत्पन्न भएको छ ।

    images
    images

    लामेआहाल स्थित सेती नदी किनारको खाल्डो पुरेर  फोहोर व्यवस्थापन गर्नेगरी  महानगरपालिका र स्थानीयबीच ६ महिनाअघि समझदारी भएको थियो । तर, महानगरले स्थानीयसँग गरिएको १६ बुँदै सम्झौता पालना नगरेको भन्दै पछिल्लो समय फोहोर व्यवस्थापनमा अवरोध गर्दै आएका थिए ।

    ह

    अवरोधपछि फोहोर बोक्ने गाडी नआउँदा स्थानीयले पोखराका मुख्य बजार क्षेत्रको सडक छेउमा फोहोर फाल्दै आएका थिए  । यसरी फालेको फोहोर महानगरले उठाएर गाडीमा संकलन गरेर राख्दै आएको थियो  ।

    फोहोर उठाउने गाडि समेत भरिएपछि  महानगरले केही फोहोर पृथ्वीचोकको  दमकल शाखा परिसरमा अस्थायी रुपमा खाडल खनेर पुर्ने काम गरेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # फोहोर विसर्जन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।