Logo

२०८३, कार्तिक २७गते


images
images

संसदको अवरोध हटाउन शीर्ष नेताबीच छलफल जारी

संसदको अवरोध हटाउन शीर्ष नेताबीच छलफल जारी

images
  • संसदको अवरोध हटाउन शीर्ष नेताबीच छलफल जारी
    images

    काठमाडौं । संसदको अवरोध हटाउन शीर्ष नेताहरू छलफलमा जुटेका छन् । सभामुख देवराज घिमिरेहको पहलमा उनकै कार्यकक्षमा शीर्ष नेताको छलफल सुरु भएको हो ।

    images
    images
    images

    संसदको अवरोध हटाउनुका साथै संसदीय समितिका सभापति चयनका लागि निर्वाचन गराउने विषयमा सभामुख घिमिरेले शीर्ष नेताहरुलाई छलफल गराएका हुन् ।

    images
    images
    images

    नेकपा एमालेले सुन तस्करी प्रकरणमा गहन अनुसन्धान गर्न उच्चस्तरीय छानबिन समिति गठन हुनुपर्ने माग राख्दै संसदमा अवरोध गर्दै आएको छ ।

    images
    images

    बैठकमा प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा  र एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित  प्रमुख सचेतक र सचेतकहरु छलफलमा सहभागी भएका छन् ।

    आइतबार सभामुखले प्रमुख सचेतक र सचेतकहरूसँग छलफल गरेका थिए । त्यसक्रममा शीर्ष तहमै छलफल गर्नुपर्ने निष्कर्ष निकालेको थियो । सोही अनुसार आज शीर्ष नेताहरूबीच बैठक भएको हो ।

    आजको संसद बैठकमा नेकपा एमालेका सांसद टोपबहादुर रायमाझी निलम्बनमा परेको जानकारी गराउने लगायतका सम्भावित कार्यसूची छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # शीर्ष नेताहरू
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।