Logo

२०८३, कार्तिक २७गते


images
images

जनआन्दोलन घाइतेको लागि सेवा सुबिधा घटाईएको  छैन :सिंखडा

जनआन्दोलन घाइतेको लागि सेवा सुबिधा घटाईएको  छैन :सिंखडा

images
  • जनआन्दोलन घाइतेको लागि सेवा सुबिधा घटाईएको  छैन :सिंखडा
    images

    राजेश  पराजुली, पोखरा । पोखरा जनआन्दोलन घाइतेको लागि सेवा सुबिधा नघटाईएको सामाजिक बिकास तथा स्वास्थ मन्त्री सुशीला सिंखडाले दावी गरेकी छन् । बाहिर अन्य हल्ला फैलिएको भन्दै जनआन्दोलन घाइतेलाई निशुल्क स्वास्थ बिमा तथा उपचार कार्यक्रम प्रदेश सरकारले निरन्तरता दिएको कारण हल्लाको पछी नलाग्न सुझाव दिइन । 

    images
    images
    images

    बाहिर जनआन्दोलन घाइतेले पाउने सेवा सुबिधा प्रदेश सरकार नदिएको हल्लाको भ्रममा नपर्न अनुरोध गरिन । 
    राज्यद्वारा बेपत्ता योद्वा मजदुर नेता चमनलाल बराल २१ औं खोज सभालाई सम्बोधन गर्दै जिल्ला अस्पताल र प्रदेश सरकारको अधिनमा रहेका सबै अस्पतालमा उक्त सेवा सुविधा लिन सक्ने जानकारी दिइन । 

    images
    images
    images

    ‘हामी बाच्ने पनि उछुट्टीएर बाँचेको हौं । कसरी बाँचीको थाहा छैन, उनले भनिन, पार्टी हिजो जसरी विभाजन भयो अब सबै केन्द्रित हुनुपर्छ बल्ल शहिदको सपना पुरा हुन्छ ।’ 

    images
    images

    प्रचण्डलाई मात्र नभएर जनयुद्धमा होमिएका सबै नेताले जिम्मेवार हुनुपर्ने धारणा राख्दै जनयुद्धको नेतृत्व र कार्याकर्ता सबै एकै ठाउँमा हुनुपर्ने धारण राखिन । 

    एउटा मन्त्रीले मात्र मन्त्रालय नभइ जनताको मन्त्रालय रहेको भन्दै जनता मन्त्रालयमा योजना माग्न गए मात्र मिलेर काम गर्न सकिने बताईन । मिलेर अघि बढ्न आफू तयार रहेको जानकारी दिईन । 

    चमनलाल बराल मित्रलाई २०५९ साल साउन २० गते तत्कालीन शाही सेनाले बेपत्ता बनाएको छ । उनी अहिलेसम्म कहाँ छन् भन्ने खुलाईएको छैन । 

    चमनलाल बरालको छोरी संगिता बरालले राज्यको आफ्ना बाबुलाई बेपत्ता बनाएको बताईन । राज्यले चमनलाललाइ लगेर के गर्ये कहाँ लग्यो अहिले कहाँ छन् त्यो परिवारले जानकारी पाउनुपर्ने बताईन ।  चमनलाल जस्ता हजारौं अन्यमा परेको उनले सुनाईन ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सिंखडा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।