Logo

२०८३, कार्तिक २७गते


images
images

देवदहमा लुम्बिनी बौद्ध विश्वविद्यालयको भवन शिलान्यास 

देवदहमा लुम्बिनी बौद्ध विश्वविद्यालयको भवन शिलान्यास 

images
  • देवदहमा लुम्बिनी बौद्ध विश्वविद्यालयको भवन शिलान्यास 
    images

    रुपन्देही । रुपन्देहीको देवदहमा लुम्बिनी बौद्ध  विश्व विद्यालय अन्तर्गत विश्व विद्यालय विकास अध्ययन प्रयोगिक बिज्ञान संकायको शैक्षिक एवं प्रशासनिक भवनको शिलान्यास भएको छ।

    images
    images
    images

    आइतबार देवदह नगरपालिका -८ टटेरामा विश्व विद्यालय निर्माणका लागि प्राप्त भएको जग्गामा एक कार्यक्रम समारोहको आयोजना गरि भवनको शिलान्यास गरिएको हो ।

    images
    images
    images

    कार्यक्रममा बोल्दै रुपन्देही क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सांसद छविलाल विश्वकर्माले कुनै पनि ठाउँको विकास निर्माणका लागि स्थानीय जनताको योगदान महत्त्वपूर्ण हुने बताए । कार्यक्रमका प्रमुख अतिथि सांसद विश्वकर्माले स्थानीय जनताको स्वामित्व र उत्तरदायीत्व रहने गरि भौतिक संरचना सङ्गै विद्यालयका गतिविधि हुनुपर्ने बताए ।
    कठिन संघर्ष बाबजुद लुम्बिनी विश्व विद्यालयका निमित्त जग्गा प्राप्ति भएको स्मरण गर्दै सांसद विश्वकर्माले विद्यालय संचालन सङ्गै यस क्षेत्रको शैक्षिक, आर्थिक सङ्गै सामाजिक विकास हुने बताए।

    images
    images

    कार्यक्रममा मन्तव्य राख्दै लुम्बिनी बौद्द विश्व विद्यालयका पूर्व उपकुलपति डा.नरेशमान बज्राचार्यले विकासका लागि कोहि पनि बाधक हुन नहुने बताए। उनके विकास सबैको मुद्दा र साझा एजेन्डा भएको बताउँदै उद्योग र शिक्षाको केन्द्र बनाउन हातेमालो गरेर लाग्नुपर्ने धारणा व्यक्त गरे।
    देवदहमा पुरातात्त्विक सम्पदाका क्षेत्र रहेको र पृथक खालको बिषय अध्यापन हुनुपर्न्र भन्दै आर्कोलोजिस्ट विषय अध्यापन हुनुपर्ने बताए ।

    कार्यक्रममा देवदह नगरपालिकाका प्रमुख ध्रुव प्रसाद खरेलले विश्वविद्यालयले देवदहलाई समृद्द बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।देवदह क्षेत्रलाई पर्यटकीय र शैक्षिक हवको रुपमा विकास गर्ने नगरपालिकाको योजना रहेको बताउँदै नगर प्रमुख खरेलले विश्वविद्यालयलाई सबै किसिमको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन । 

    देवदह नगरपालिका पूर्व नगर प्रमुख हिरा बहादुर खत्रीले यस क्षेत्रको सामाजिक तथा आर्थिक रुपमा विकास हुन विश्वविद्यालय निर्माणले सहयोग पुग्ने बताए  

    कार्यक्रम लुम्बिनी विश्व विद्यालयका निमित्त उपकुलपति डा. तिलकराज आचार्यको अध्यक्षता, विश्व विद्यालयका डिन उकेशरा भूजुको संचालनमा सम्पन्न भएको थियो।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।