Logo

२०८३, कार्तिक २७गते


images
images

सय रुपैयाँ घुस लिने २ प्रहरी निलम्बित

सय रुपैयाँ घुस लिने २ प्रहरी निलम्बित

images
  • सय रुपैयाँ घुस लिने २ प्रहरी निलम्बित
    images

    सर्लाही । राजमार्गमा जिप चालकसित घूसको रकम लिएको आरोपमा दुई प्रहरी निलम्बनमा परेका छन् ।

    images
    images
    images

    उनीहरूले घुस लिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भए पछि प्रहरी प्रधान कार्यालयको निर्देशनमा रौतहट र सर्लाहीका दुई प्रहरीलाई शुक्रबार साँझ निलम्बन गरिएको जनाइएको छ ।

    images
    images
    images

    निलम्बनमा पर्नेमा सर्लाहीको बागमतीस्थित ट्राफिक पोष्टमा कार्यरत प्रहरी जवान विकास कलबार र रौतहटको गरुडामा रहेको इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान सुनिलकुमार यादव छन्।

    images
    images

    उनीहरुले राजमार्गमा ड्युटी गर्ने क्रममा एकजना जिप चालकसँग घुस रकम लिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरी महानिरीक्षक बसन्त कुँवरले नै उनीहरुलाई कारबाही गर्न निर्देशन दिएका थिए ।

    उनीहरुले जिप चालक रौटहटका सिकन्दर पटेलसित फरक फरक ठाउँमा एक/एक सय रुपैयाँ घुस लिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # प्रहरी निलम्बित
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।