नवलपरासी। नेपाली काङ्ग्रेसमा आवद्ध कृयाशिल महिलाहरूले पश्चिम् नवलपरासीमा मिठु कुमारी केसिको नेतृत्वमा १५ सदस्यीय महिला संघ तदर्थ समिति गठन गरेका छन ।
महिला संघ जिल्ला कार्यसमितिको पदावधि सकिए सगै केन्द्रले सभापतिका लागि तीन जनाको नाम सिफारिस गर्न जिल्ला कार्यसमितिलाई पत्र पठाएको थियो ।
तर केन्द्रले पत्र पठाएकै भोलि पल्ट तारादेवी भण्डारीलाई सभापति मनोनयन गरिएको पत्र पठाएको थियो ।जिल्लाले सिफारिस गर्न नपाउदै अध्यक्ष उषा रावत मिश्रले भन्डारीलाई नै तोकेर पत्र पठाएपछि जिल्लाका महिला नेतृहरुले बिधान बिपरित भएको भन्दै असन्तुष्टि ब्यक्त गरेका छ्न । "सबै महिलाहरू अवसरका लागि पार्टीमा दुख गरेका छ्न कुनै ब्यक्ति विशेषलाई नै तोकेर पठाउने भए अरुले राजनीतिक किन गर्नु?"महिला नेतृ तदर्थ समितिका अध्यक्ष मिठु केसि को भनाई छ ।
केन्द्र बाट पत्र आएसगै जिल्लामा केही मत्थरीएको बिवाद पुन:चुलिएको छ ।मुलत सस्थापन पक्षले एकोहोरो रुपमा पत्र पठाएको र बिधान अनुरुप चल्नु पर्ने भन्दै ईतर समुहले असन्तुष्टि जनाउदै आएको छ ।केन्द्रले तोकेर पठाएको पत्र आधिकारिक भएकोले सोही मनोनयन नै मान्य हुने जिल्लाका सस्थापन पक्षका नेताहरूको भनाई छ ।तर पत्र आएपछि महिला संघमा आबद्ध महिलाहरुले भने आपत्ति जनाएका छन ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology