Logo

२०८३, कार्तिक २७गते


images
images

सरकारी खाद्य गोदाम र डिपो रित्तै, जनता ऋण खोजेर चर्को मूल्यमा खाद्यान्न किन्न बाध्य

सरकारी खाद्य गोदाम र डिपो रित्तै, जनता ऋण खोजेर चर्को मूल्यमा खाद्यान्न किन्न बाध्य

images
  • सरकारी खाद्य गोदाम र डिपो रित्तै, जनता ऋण खोजेर चर्को मूल्यमा खाद्यान्न किन्न बाध्य
    images

    काठमाडौं । दुर्गम हिमाली जिल्ला भनेर चिनिएको जिल्ला मुगु कहिले सिटामोल नहुने त कहिले नुन नहुने, शिक्षा स्वास्थ्य, सडक, सञ्चारले पछि परेको जिल्ला मुगुमा हिजो आज सरकारी खाद्य गोदामहरु पनि रित्तो छन् । जिल्लामा रहेको खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमिटेड शाखा गोदाम र स्थानीय तहमा रहेको रातापानी विक्रि केन्द्र, श्रीकोट डिपो, कालै बिक्री केन्द्र, स्रोश्रकोट डिपो, पुलु डिपोमा खाद्यान्न नहुदा गोदाम रितै भएपछि मुगालीहरु हिजोआज स्थानीय बजारको चर्को मूल्यको खाद्यान्न किनेर जीवन निर्वाह गर्न बाध्य भएका छन ।

    images
    images
    images

    आ.व. २०७९/०८० को लागि मुगु जिल्ला सदरमुकाम डिपोमा २ हजार ७ सय क्वीन्टल कोटा भएपनि ११ हजार ८सय ८८ क्वीन्टल ढुवानी भएको ,खत्याड श्रीकोटको लागि २ हजार क्वीन्टल कोटामा ९५ क्वीन्टल ढुवानी भएको , रातापानी विक्रि केन्द्रको लागि ७ सय ५० क्वीन्टल ढुवानी भएपनि ६ सय ३० क्वीन्टल ढुवानी भएको ,सोरु कोटको लागि २५ सय क्वीन्टलमा १९ सय क्वीन्टल ढुवानी भएको  ,पुलुको लागि १७ सय ५० क्वीन्टल भएपनि ३ सय ५९ क्वीन्टल ढुवानी भएको, कालै बिक्री केन्द्रको लागि १५ सय क्वीन्टल भएपनि ४ सय ७५ क्वीन्टल ढुवानी भएको देखिन्छ । वार्षिक कोटा अनुसारको ढुवानीको जिम्मा लिएपनि समयमा ढुवानी नगर्दा अहिले जिल्ला भरि खाद्यान्न अभाव देखिएको खाद्य ब्यापार कम्पनी शाखा कार्यालय मुगुले जनाएको छ ।

    images
    images
    images

    स्थानीय आशा शाहनी भन्छन ‘ गरीब जनतालाई सस्तो सुलभमा खाद्यान्न पाइएला भनेर खाद्य लिन गोदाममा जादा आज भोलि बन्द छ, भाद्र महिनापछि आउनु भनेर घर फर्काउछन, कर्मचारीको व्यवहार हेर्दा गरीबका लागि सरकार रहेनछ । जीवन बचाउनको लागि भएपनि ऋण गरेर अहिले बजारबाट चर्को मूल्यमा खाद्यान्न किनेर लिनुपर्ने बाध्यता छ । ’

    images
    images

    ‘बजार भन्दा कम रुपैयाँ पर्ला, सस्तो होला, बचेको रुपैयाले घरमा तेल ,साबुन लिनुपर्ला भनेको हो, अफिसमा ३ पटक आई सक्दा पनि बन्द छ, बजारमा महङ्गो मूल्य हालेर किनेर लिनुपर्ने भो, बालबच्चा र आफ्नो ज्यान जोगाउन पर्ने भयो ।खाद्यान्नमा १४ सय पर्ने चामल बजारमा २ हजार २५ सय सम्म मूल्य हालेर लिनुपर्छ । ’
    घरमा वर्षभरि गरेको खेतिले ३ महिना चलाउन पनि मुस्किल हुने बताउँदै स्थानीयले बजारको किनेर खानुपर्दा गरीबलाई बाच्न गाह्रो भएको गुनासो गरे ।

    गत आ.व २०७९/०८० को कोटा अनुसारको खाद्यान्न केही जिल्लामा ढुवानी भएको र ढुवानीमा ठेक्का गर्ने समयमा ढिलो ठेक्का लागेको हुँदा ढुवानीमा केही कम भएको हो । खाद्यान्न ढुवानी भएको अहिले गोदाममा मौज्दात ६ सय ८० क्वीन्टल मात्र रहेको छ । बर्खाको समयका  विपत हुनसक्ने सम्भावना भएको हुँदा बिपतको लागि भनेर  राखिएको  छ । अर्को ठेक्का नलागुन्जेल सम्मको लागि खाद्यान्न बिक्री बितरणको काम साउन ११ गतेबाट बन्द गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा मुगुका पुष्कर भामले बताए ।

    खाद्यान्नमा पनि नुन जस्तै समस्या भएको छ । अहिले खाद्यान्नमा पनि  बार्षिक कोटा अनुसार ढुवानी गर्न नसक्दाअहिले गोदाममा न्यून मात्रामा खाद्यान्न मौज्दात रहेको छ । मौज्दात रहेको खाद्यान्न बिपतको लागि व्यवस्था गरिएको छ । अहिले मुगु लगायत कर्णालीका सबै जिल्लामा खाद्यान्नको समस्या छ भने अर्कोतर्फ भारतले खाद्यान्न निर्यातमा  रोक लगाएको हुँदा केही समस्या भएको मुगुका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर थापाले बताए।

    मुगु जिल्लामा आकाशे पानिको भरमा खेति गरिने हुँदा १२ महिना काम गर्दा पनि३  महिना सम्म मात्र खान पुग्ने अन्न उत्पादन हुन्छ । राज्यका तिनै तहका सरकारले मुगु लगायत कर्णाली प्रदेशका हिमाली दुर्गम जिल्लाको लागि प्रत्येक बर्ष खाद्यान्न र नुनको ब्यवस्था मिलाउनको लागि फरक व्यवस्था मिलाउन आवश्यक भइसकेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सरकारी खाद्य गोदाम
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।