Logo

२०८३, कार्तिक २७गते


images
images

पत्रकार कृष्ण अञ्जानको निधन

पत्रकार कृष्ण अञ्जानको निधन

images
  • पत्रकार कृष्ण अञ्जानको निधन
    images

    बुटवल । पत्रकार कृष्ण अञ्जानको निधन भएको छ । उनको हृदयघातका कारण शुक्रबार बुटवलमा निधन भएको हो ।

    images
    images
    images

    दुई दिनअघि उपचारार्थ गुल्मीदेखि बुटवल झरेका उनलाई शुक्रबार अस्पताल नपुग्दै हृदयघात भएको थियो । उनको शव लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको छ ।

    images
    images
    images

    बुटवल तथा पोखरामा रहेर पत्रकारिता गर्दै आएका उनी आमाको २०७८ सालमा निधनपछि आफ्नै घर गुल्मीको थोर्गामा रहेर पत्रकारितामा गर्दै आएका थिए ।  नवलपरासीको सुनवलमा व्यवसाय गर्दै आएका उनका बाबु भोजराज ज्ञवालीको २०६० सालमा सशस्त्र द्वन्द्वमा सुनवलमा भएको तत्कालीन विद्रोही माओवादी र  शाही सेनाको दोहोरो भिडन्तको क्रममा गोली लागेर मृत्यु भएको थियो ।

    images
    images

    रुरु क्षेत्र गाउँपालिका–१ का अञ्जानलाई यसअघि सहिद परिवाररुपमा एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अभिनन्दन गरेका थिए ।

    सेतोमसीको कार्यकारी सम्पादक लगायत विभिन्न सन्चार संघसंस्थामा आबद्ध रहेका उनी प्रेस चौतारी लुम्बिनी प्रदेश सदस्य हुन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पत्रकार कृष्ण अञ्जान
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।