रूपन्देही। बुद्धको मावली स्थल देवदहमा रहेको देवदह प्रेस क्लबको आयोजनामा आन्तरिक पर्यटन प्रवर्द्धनका गर्ने उद्देश्यले पत्रकार पदयात्रा कार्यक्रम सुरु भएको छ ।
देवदह-५ खैरेनीको लोकेश्वर मन्दिरबाट बिहान ७ बजे पदयात्रा सुरु भएको हो । देवदहका पर्यटकीय स्थल देवदह-६ स्थित काष्ठकला, दाउन्ने हुदै माथागढी, कृषि गाऊ सरहनबारी, पारी सरहनबारी, केउली हुदै देवदहकै पहिलो सामुदायिक उजेरी सामुदायिक होमस्टेमा बास बसिने प्रेस क्लबका सचिव निर्मल एसपी मगरले जानकारी दिए ।
पदयात्रामा देवदह नगरपालिकाका प्रमुख धुर्ब प्रसाद खरेल, उपप्रमुख बिद्या लक्ष्मी गुरुङ, उपसचिव टिकाराम शर्मा, नगर प्रबक्ता गणेश डुम्रे र देवदहका कृयाशिल पत्रकारहरुको उपस्थित रहेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology