Logo

२०८३, आश्विन ९गते


images
images

माओवादी बैठक : प्रचण्डका ‘छोरी-ज्वाइँ’काे आलोचनादेखि सुन काण्डको आरोपसम्म

माओवादी बैठक : प्रचण्डका ‘छोरी-ज्वाइँ’काे आलोचनादेखि सुन काण्डको आरोपसम्म

images
  • माओवादी बैठक : प्रचण्डका ‘छोरी-ज्वाइँ’काे आलोचनादेखि सुन काण्डको आरोपसम्म
    images
    images

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठकमा नेतृत्वको चर्को आलोचना भएको छ।

    images
    images
    images

    पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ वरिष्ठ उपाध्यक्ष एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलगायतका नेतामाथि परिवारवादको आरोप लागेको छ। यस्तै, केही नेतामाथि ‘सुन काण्ड’मा संलग्न रहेको र संरक्षण गरेको आरोपसमेत बैठकमा लागेको छ।

    images
    images
    images

    काठमाडौंको कमलादीमा बसेको दोस्रो दिन बिहीबारको बैठकमा आफ्नो सुझाव राख्दै केन्द्रीय सदस्यले पार्टी नेतृत्वको चर्को आलोचना गर्दै पार्टीलाई विधि, विधान तथा नियमअनुसार सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन्।

    images
    images
    images

    बैठकमा बोल्ने नेताले प्रधानमन्त्रीको सचिवालय र उपप्रधानमन्त्रीको सचिवालयमा छोरा, छोरी, ज्वाइँ राखेको विषय उठाउँदै नेतृत्वको चर्को आलोचना गरेका छन्।

    प्रवास कमिटीका सहइन्चार्ज लक्ष्मण पन्तले किन छोराछोरी सचिवालयमा राखेको भन्दै प्रश्न उठाएपछि एकछिन बैठकमा सन्नाटा छाएजस्तो भयो ।

    ‘अध्यक्ष आफैं रूपान्तरण नभई माओवादी पार्टी बन्दैन । अध्यक्ष र वरिष्ठ उपाध्यक्षले छोरी र भतिजोलाई लुटको आतंक मच्चाउन र लेनदेनको हिसाब मिलाउन सचिवालयमा राखेका हुन् । यस्तो होइन भने माओवादीमा धेरै नेता कार्यकर्ता छन् । किन प्रमुख स्वकीय सचिव बनाउनुहुन्न ?’ पन्तले बैठकमा भने ।

    बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यले पार्टीलाई बचाउन परिवारवादबाट मुक्त हुनुपर्नेमा जोड दिएका छन् । प्रधानमन्त्री प्रचण्डकी कान्छी छोरी गंगा स्वकीय सचिव छिन् भने गृहमन्त्री श्रेष्ठले भतिज सुरेशकाजी श्रेष्ठलाई स्वकीय सचिवालयमा राखेका छन् । 

    पन्तजस्तै केन्द्रीय सदस्य तथा प्रवास कमिटी अध्यक्ष ओम शर्माले प्रचण्डले प्रधानमन्त्री भएर गरेका राम्रा काम उनकै छोरीज्वाइँले खाइदिएको टिप्पणी गरेका छन् । ‘ज्वाइँलाई रोएको भरमा मन्त्री बनाउने ? जनताका छोराछोरी संगठन बनाउन गाउँगाउँ जाने, तपाईंका छोरीज्वाइँ पार्टीको संगठन बनाउन मुगुमा जान्छन् ? म त जान तयार छु,’ शर्माले भने । उनले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्ड र माओवादी केन्द्रका अन्य नेताको सम्पत्ति छानबिनको मागसमेत गरेका छन्।

    यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # माओवादी बैठक
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।