Logo

२०८३, कार्तिक २७गते


images
images

सिंहदरबारमा संवैधानिक परिषद् बैठक, विश्वम्भर प्रधानन्यायाधीश सिफारिस हुँदै

सिंहदरबारमा संवैधानिक परिषद् बैठक, विश्वम्भर प्रधानन्यायाधीश सिफारिस हुँदै

images
  • सिंहदरबारमा संवैधानिक परिषद् बैठक, विश्वम्भर प्रधानन्यायाधीश सिफारिस हुँदै
    images

    काठमाडौं । संवैधानिक परिषद् बैठक सुरु भएको छ ।प्रधानमन्त्रीको कार्यालय सिंहदबारमा जारी बैठकमा प्रधानन्यायाधीशको नाम सिफारिस गर्नेबारे छलफल भइरहेको छ 

    images
    images
    images

    प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको कार्यकाल सकिन ४ दिन मात्रै बाँकी छ ।

    images
    images
    images

    उनको कार्यकाल सकिनु एक महिना अगाडि नै नयाँ सिफारिस हुनुपर्नेमा अहिलेसम्म हुन सकेको छैन । बैठकले वरिष्ठ न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ सिफारिस हुँदैछन।

    images
    images

    यसअघि बैठक बोलाउन दबाब दिन एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर दबाब दिएका थिए ।

    आजको बैठकमा नयाँ प्रधानन्यायाधिश सिफारिस गर्नेबारे छलफल हुनेछ ।

    सर्वोच्चमा हाल तीन वर्ष अवधि पार भएका ११ जना न्यायाधीश रहेका छन् । विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्द मोहन भट्टराई, अनिलकुमार सिन्हा, प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना, सुष्मालता माथेमा, कुमार रेग्मी, हरि फुयाँल र मनोजकुमार शर्मा प्रधानन्यायाधीशका उम्मेदवार हुन् ।

    धारा १२९ मा सर्वोच्च अदालतको न्यायाधीश पदमा कम्तीमा ३ वर्ष काम गरेको व्यक्ति प्रधानन्यायाधीशको पदमा नियुक्त हुन योग्य हुने व्यवस्था छ ।

    तर, संवैधानिक परिषद्ले वरिष्ठतम न्यायाधीशलाई प्रधानन्यायाधीश नियुक्तका लागि सिफारिस गर्दै आएको छ । हाल विश्वम्भर प्रसाद श्रेष्ठ वरिष्ठतम न्यायाधीशका रुपमा कार्यरत छन् ।

    श्रेष्ठ, खतिवडा, भट्टराई, सिन्हा, राउत र प्रधान २०७३ साउन १७ गते सर्वोच्च अदालतको न्यायाधीश नियुक्त भएका हुन्।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # संवैधानिक परिषद् बैठक
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।