Logo

२०८३, कार्तिक २७गते


images
images

राप्रपा कार्यालय भवन २१ दिनभित्र हटाइने

राप्रपा कार्यालय भवन २१ दिनभित्र हटाइने

images
  • राप्रपा कार्यालय भवन २१ दिनभित्र हटाइने
    images

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यालय २१ दिनभित्र हटाउने सहमति भएको छ ।

    images
    images
    images

    सोमबार जिल्ला प्रशासन कार्यालय काठमाडौँमा भएको छलफलमा काठमाडौं महानगरपालिका, जिल्ला प्रहरी परिसर काठमाडौँ तथा राप्रपाका सचिवालय प्रमुख केदारबहादुर अधिकारी सहभागी भएको छलफलमा उक्त सहमति भएको हो ।

    images
    images
    images

    काठमाडौँ महानगरपालिकाले शुक्रबार मौखिक सूचना गरी तीन दिनभित्र पार्टी कार्यालय हटाउन अल्टिमेटम दिएको थियो । पूर्वसूचनाबिना एक्कासि कार्यालय खाली गर्ने महानगरको निर्णयपछि राप्रपाले महानगरसँग लिखितपत्र माग गरेको थियो ।

    images
    images

    पार्टीको केन्द्रीय कार्यालय तीन दिनभित्र नै भत्काउने महानगरको निर्णयप्रति राप्रपाका नेता कार्यकर्ताले असन्तुष्टि र आक्रोश व्यक्त गर्दै पार्टी कार्यालयअगाडि गाडी तेर्साएर आवतजावत ठप्प पार्दै विरोध गरेका थिए ।

    जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले राप्रपाले धुम्बाराहीको पार्टी केन्द्रीय कार्यालय आगामी २१ दिनमा सार्ने र महानगरपालिकाले तीन दिनको समयसीमा बढाएर २१ दिन पर्खिने सहमति भएको जानकारी दिए। छलफलमा प्रमुख जिल्ला अधिकारी बस्नेत, जिल्ला प्रहरी परिसरका प्रमुख दानबहादुर कार्की, महानगर सुरक्षा बलको प्रमुख राजुनाथ पाण्डे तथा राप्रपाका भर्चुअल रूपमा पार्टीका सचिवालय प्रमुख अधिकारीको सहभागिता थियो । उक्त छलफलमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन पनि सहभागी थिए ।

    राप्रपाले सो भवनमा एक दशकदेखि केन्द्रीय कार्यालय सञ्चालन गर्दै आएको छ। पार्टी कार्यालय भत्काउन महानगर प्रहरी बलले हाँडीगाउँमा डोजरसहित सुरक्षा बल तयारी अवस्थामा राखेर नेपाल प्रहरीको थप सुरक्षा बल मागेपछि जिल्ला प्रशासन कार्यालयले दुवै पक्षलाई राखेर छलफल गरेको थियो ।

    राप्रपाको केन्द्रीय कार्यालय रहेको भवनमाथि नेपाल विद्युत् प्रधिकरणको हाइटेन्सन लाइन रहेको छ। महानगरपालिकाको इजाजतबिना मापदण्डविपरीत भवन बनेको भन्दै तत्काल हटाउन महानगरले निर्देशन दिएको थियो ।

    lराप्रपाले आफ्नो पार्टी कार्यालय भत्काउने निर्णय कार्यान्वयन गर्ने तर यो नियम महानगरपालिकालगायत सबैमा लागु हुनुपर्ने माग राखेको छ। राप्रपाले २०६९ सालमा पार्टीका कार्यकर्ताबाट झन्डै डेढ करोड रुपियाँ चन्दा उठाएर २०७१ सालमा निर्माण सम्पन्न गरेको भवनको निर्माण अनुमतिपत्र तथा जग्गाको स्वामित्वसमेत पार्टीले अझै लिएको छैन ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # राप्रपा कार्यालय भवन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।