सुनवल । साहित्य परिषद् नवलपरासीको अध्यक्षमा पुनः डा. श्याम प्रसाद न्यौपाने चयन भएका छ्न्। शनिबार मोतिलाल बहुमुखी क्याम्पस, सुनवल-१३, भुमहीमा सम्पन्न दोश्रो अधिवेशनले अध्यक्षमा पुनः डा. न्यौपाने सहित नयाँ ११ सदस्यीय कार्य समिति सर्वसम्मतरुपले चयन गरेको हो ।
नवगठित परिषदको उपाध्यक्षमा भविश्वर पराजुली, सचिवमा यमजीत मल्ल, कोषाध्यक्षमा तिलक भट्टराई, सहसचिवमा कपिलदेव पंगेनी तथा सदस्यहरुमा रामदरी अधिकारी, मैना सुबेदी, पुराण गुरुङ , काशीराम पाण्डे र दीर्घनाथ गौतम रहेका छ्न् ।
कार्यक्रममा संस्थाका अध्यक्ष डा. श्याम प्रसाद न्यौपानेको अध्यक्षता र सचिव यमजीत मल्लको सञ्चालन रहेको थियो ।
२०७५ मा स्थापित संस्थाले ६४औं मासिक पदचाप पूरा गरिसकेको छ । संस्थाले नवलपरासी जिल्ला भित्र रहेका कला, संस्कृति, भाषा, साहित्य, गीतसंगीतको संरक्षण, संवद्र्धन र विकासमा योगदान दिने योजनासहित कार्यक्रमहरु अगाडि बढाउने उद्देश्य राखेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology