कपिलवस्तु । कपिलवस्तुको शान्ति पुनस्र्थापना गृहले एक वर्षमा ३ सय ५६ चेली तथा बालबालिकाको उद्धार गरेको छ । गैरकानुनी तरिकाले भारत र भारत हुँदै तेस्रोमुलुक जान लागेकालाई उद्धार गरिएको कार्यालयले जनाएको छ ।
उद्धार गरिएकामध्ये ५४ जना कपिलवस्तुका, ५२ अर्घाखाँची, ३६ प्युठान, ३५ दाङ, ३० जना रूपन्देहीका छन् । यस्तै, २६ गुल्मी, २१ जना रोल्पाका र २५ जना भारतलगायतका विभिन्न स्थानका छन् ।
जसमध्ये १६ जना बौद्ध शिक्षा पढाउन लगेको बालबालिका समेत रहेका छन् । ती बालबालिकाको भारतको वस्तीबाट उद्धार गरिएको थियो । भारतको अरुणाञ्चल प्रदेश लैजाँदैगरेको अवस्थामा उद्धार गरिएको थियो ।
उद्धार गरिएकाहरु भारत हुदै तेस्रोमुलुक जाने, आर्थिक रोजगारीका अवसर, नेटवर्किङ बिजनेसलगायतका अन्य प्रलोभनमा पर्नेगरेको बताइएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology