Logo

२०८३, कार्तिक २७गते


images
images

देवदहको पाकडी वृक्ष परिसरमा वाल पेन्टिङ

देवदहको पाकडी वृक्ष परिसरमा वाल पेन्टिङ

images
  • देवदहको पाकडी वृक्ष परिसरमा वाल पेन्टिङ
    images

    देवदह । लियो क्लब अफ लर्ड बुद्दले देवदह -८ स्थित पाकडी वृक्ष परिसरमा वाल पेन्टिङ गरेको छ। एसियाकै ठुलो  आंकलन गरिएको पाकडी वृक्ष परिसरको वालमा विभिन्न आकृतीका पेन्टिङ गरिएको हो ।

    images
    images
    images

    वातावरण स्वच्छ राख्नका लागि रुख विरुवाको संरक्षण गर्नुपर्छ, वातावरण प्रदुषण गर्दा मानव स्वास्थ्यलाई प्रतिकुल असर पर्छ तसर्थ वातावरण पदूषण नगरौं, रुख बिरुवा नकाटौ भन्ने सन्देश दिनका लागि वालमा सन्देशमूलक आकृतीका चित्र कोरिएको क्लबका अध्यक्ष प्रदीप पाण्डेले बताए।

    images
    images
    images

    कार्यक्रममा बोल्दै लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्दिचरण भट्टराईले देवदहको पर्यटन प्रबर्द्धनका लागि देवदहका आम नागरिक एकजुट भएर लाग्नुपर्ने बताए ।

    images
    images

    पर्यटनले रोजगारीको सिर्जना सङ्गै आर्थिक स्तरोन्नति समेत हुने भन्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका भट्टराईले पर्यटनलाई आर्थिक समृद्धिसङ्ग जोड्नुपर्ने भनाई व्यक्त गरे।

    कार्यक्रममा दण्डपाणि भट्टराई, राहुलदेव सापकोटा,  दिपेश विक्रम मल्ल, कमल पौडेल लगायतले मन्तव्य राखेका थिए।

    कार्यक्रम क्लबका अध्यक्ष प्रदिप पाण्डेको अध्यक्षता, उपाध्यक्ष अभिषेक पौडेलको स्वागत र सचीव रुविना विकको संचालनमा सम्पन्न भएको थियो।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।