नवलपरासी । पश्चिम नवलपरासीको सदरमुकाम परासीस्थित यातायात व्यवस्था सेवा कार्यालयले दुई पाँङग्रे सवारी साधनको चालक अनुमति पत्र (लाईसेन्सं) का लागी ट्रायल परिक्षण लिखित परिक्षाको सुरुवात गरेको छ ।
आज (शुक्रबार) लुम्बिनी प्रदेश सभा सदस्य वैजनाथ कलवारले ट्रायल रो मा मोटरसाईकल चलाएर ट्रायल परिक्षणको उद्घाटन गरेका हुन।
कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सभा सदस्य कलवारले आफू यातायात क्षेत्र र उद्योग वाणिज्य संघको अध्यक्ष हुँदा जिल्लामा यातायातको चौतर्फि पहुँच विस्तार गर्ने र नवलपरासीलाई औद्योगिक करिडोर बनाउने सपना पुरा हुँदै गएको बताए । कलवारले तिन तहका सरकार बिचको आवश्यक समन्वयबाट जिल्लामा विकासको गति अगाडी बढाउन सकिने धारणा व्यक्त गरेका थिए ।
कार्यक्रममा रामग्राम नगरपालिकाकी उपप्रमुख संझना चौधरी, प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल, जनता समाजवादी पार्टीका अध्यक्ष धरेन्द्र यादव, नेपाल पत्रकार महासंघ नवलपरासीका अध्यक्ष हरी शर्मा लगायतले सवारी अनुमति पत्र (लाइसेन्स) वितरणमा विचौलियाको घुसपैठ हुन नदिन सबै चनाखो हुनुपर्नेमा जोड दिएकी थिन ।
दुई पांग्रे सवारी चालक अनुमति पत्रको परीक्षाको शुभारम्भ आज ५० जनाको लिखित परिक्षाबाट शुरु गरिएको यातायात व्यवस्था सेवा कार्यालय, नवलपरासीका कार्यालय प्रमुख श्याम कुमार पौडेलले बताए ।
यातायात व्यवस्था सेवा कार्यालय, नवलपरासीका कार्यालय प्रमुख श्याम कुमार पौडेलले आइतबारदेखि बिहीवार सम्म सवारी चालक अनुमति पत्रको फारम अनलाइनबाट भर्ने साथै लिखित र ट्रायल प्रत्येक साताको शुक्रवार लिने व्यवस्था गरिएको बताए। कार्यालयले रामग्राम ४ महेसपुर रोडमा जग्गा भाडामा लिएर कार्यालय सहित ट्रायल परिक्षणको व्यवस्था गरेको छ । निकट भविष्यमै चार पाङग्रे सवारीको पनि ट्रायल सुरु गर्ने कार्यालयको तयारी रहेको पौडेलको भनाई रहेको छ ।
कार्यालयले यसअघि देखि नै सवारी चालक अनुमति पत्र नविकरणको कार्य गर्दै आएको थियो ।
परासीमै सेवा पाएपछि लाईसेन्स परिक्षाका लागी बुटवल धाउनुपर्ने बाध्यताको अन्त्य भएको र सहज भएको सेवाग्राहीहरुले बताएका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology