Logo

२०८३, कार्तिक २७गते


images
images

लुम्बिनी प्रदेशसभा  बैठक : औद्योगिक व्यवसायसम्बन्धी विधेयक समितिमा

लुम्बिनी प्रदेशसभा  बैठक : औद्योगिक व्यवसायसम्बन्धी विधेयक समितिमा

images
  • लुम्बिनी प्रदेशसभा  बैठक : औद्योगिक व्यवसायसम्बन्धी विधेयक समितिमा
    images

    बुटवल । लुम्बिनी प्रदेशसभाले औद्योगिक व्यवसायसम्बन्धी प्रचलित प्रदेश कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयकलाई दफावार छलफलका लागि अर्थ, उद्योग तथा पर्यटन समितिमा पठाएको छ ।

    images
    images
    images


    बिहीबार बसेको बैठकमा मुख्यमन्त्री एवम् उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रीको प्रतिनिधिको रुपमा गृहमन्त्री सन्तोषकुमार पाण्डेले औद्योगिक व्यवसायसम्बन्धी प्रचलित प्रदेश कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । 

    images
    images
    images

    सो प्रस्ताव सभामुख तुलाराम घर्तीले उक्त निर्णयार्थ प्रस्तुत गरेपछि दफावार छलफलका समितिमा पठाइएको हो ।

    images
    images

    बैठकमा सामाजिक विकास समितिका सदस्य धनबहादुर केसीले स्वास्थ्य संस्था स्थापना, संचालन, नवीकरण तथा स्तरोन्नति ऐन, २०७६ लाई संशोधन गर्न बनेको प्रतिवेदन सहितको विधेयक सभामा प्रस्तुत गरेका थिए । 

    बैठकमा  प्रदेशसभा सदस्य तुलसीप्रसाद चौधरीले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएर पनि  संचालन  नहुँदा निजी क्षेत्रबाट निर्माण गरेका होटल व्यवसायमा लगाएको लगानी डुब्ने अवस्थामा पुगेको  बताए । 

    अर्को प्रसंगमा उनले उत्पादन बढाउन समयमा बीउ, समयमा मल खाद र समयमा सिँचाइको व्यवस्था मिलाउनुपर्ने तर सरकारको ध्यान पुग्न नसकेको पनि धारणा राखे । 

    प्रदेशसभा सदस्य जन्मजय तिमिल्सिनाले गौतम बुद्ध विमानस्थल सुचारु गर्न सामूहिक साझा एजेण्डा बनाउनु पर्नेमा जोड दिए । मुख्यमन्त्री डिल्लीबहादुर चौधरी भारत भ्रमणमा रहेकाले त्यहाँ विमानस्थल सञ्चालनको विषयमा भारत सरकारसंग पनि कुरा हुनेमा उनले विश्वास व्यक्त गरे । 

    अर्का प्रदेशसभा सदस्य कृष्णाकुस्मा थारुले मालपोत र नापी कार्यालयमा भ्रष्टाचार बढी हुने कार्यालयको रुपमा परिचित भएको गुनासो आएको बताइन् ।  

    त्यस्तै, प्रदेशसभा सदस्य दिनेश पन्थीले सरकारले विद्युतीय सवारी साधन सञ्चालनका लागि पूर्वाधार निर्माणमा ध्यान दिन आग्रह गरे ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।