Logo

२०८३, कार्तिक २७गते


images
images

दाङमा मोटरसाइकलले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु

दाङमा मोटरसाइकलले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु

images
  • दाङमा मोटरसाइकलले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु
    images

    दाङ । दाङ देउखुरीको लमही –३ नर्तीमा बुधबार राती करिब ९ बजेको समयमा मोटरसाइकलले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

    images
    images
    images

    पूर्वबाट पश्चिम तर्फ गईरहेको रा ४ प ५६०७ नम्बरको मोटरसाइकलले देउखुरीको नर्तीमा ठक्कर दिंदा सोही ठाउँ निवासी ४० वर्षका सन्तु चौधरीको मृत्यु भएको हो । सडकमा पैदल हिँडिरहेका चौधरीलाई मोटरसाइकलले ठक्कर दिएर गम्भीर घाइते बनाएको थियो । गम्भीर घाइते चौधरीको लमही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता राजनकुमार गौतमले जानकारी दिए ।

    images
    images
    images

    ठक्कर दिने मोटरसाइकल वडा प्रहरी कार्यालय लमहीको नियन्त्रणमा रहेको छ भने मोटरसाइकल चालक फरार रहेको र खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मोटरसाइकलले ठक्कर
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।