Logo

२०८३, कार्तिक २७गते


images
images

सुन सहित पक्राउ परेका डिएसपी ठगबहादुर केसी बर्खास्त

सुन सहित पक्राउ परेका डिएसपी ठगबहादुर केसी बर्खास्त

images
  • सुन सहित पक्राउ परेका डिएसपी ठगबहादुर केसी बर्खास्त
    images

    बुटवल । गृहमन्त्रालयले ईलाका प्रहरी कार्यालय बुटवलका तत्कालिन प्रमुख प्रहरी नायव उपरिक्षक ठग बहादुर केसीलाई बर्खास्त गरेको छ।

    images
    images
    images

    बुटवलबाट सरुवा भएर पोखरा जानै लागेका तत्कालिन समयमा केसीको निवासबाट प्रहरी प्रधान कार्यालयको बिशेष टोलीले केसी बस्दै आएको सरकारी निवासबाट ३५ तोला सुन र नगद सहित नियन्त्रणमा लिएको थियो।

    images
    images
    images

    ६ महिना अघि उनलाई निलम्वन गरेको प्रहरी प्रधान कार्यालयले गएको महिना बर्खास्त गर्ने गरी गरेको सिफारिसमा उनलाई गृहमन्त्रालयले बर्खास्त गरेको हो। गृहले बर्खास्त नगरको भए आजबाटै केसी प्रहरी सेवामा पुनर्वाहाली हुन पाउने थिए। 

    images
    images

    प्रहरी प्रधान कार्यालयले गरेको आन्तरिक छानबिनका क्रममा गम्भीर गल्ती गरेको देखिएकाले उनलाई बर्खास्त गर्नुपर्ने भन्दै गृहलाई सिफारिस गरेको थियो। 

    केसीलाई प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयका सचिव दिनेश भट्टराईले सोमबार बर्खास्त गरेका हुन्।

    प्रहरी प्रधान कार्यालयको कानुन शाखाले डीएसपी केसीलाई बर्खास्त गर्नुपर्ने राय दिएपछि सोही अनुसार बर्खास्तका लागि भन्दै गृह मन्त्रालयलाई प्रहरी प्रधान कार्यालयले पत्राचार गरेको थियो। 

    केसीलाई भविष्यमा सरकारी सेवामा अयोग्य नहुनेगरी बर्खास्त गरिएको नेपाल प्रहरीका प्रवक्ता तथा प्रहरी नायव महानिरीक्षक ९डीआईजी० कुवेर कडायतले जनाएका छन्। 

    उनी प्रहरीमा अब छिर्न नपाएपनि अन्य सरकारी सेवामा भने काम गर्न पाउनेछन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # डिएसपी ठगबहादुर केसी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।