Logo

२०८३, कार्तिक २७गते


images
images

तिनाउ र राप्तीमा बाढी

तिनाउ र राप्तीमा बाढी

images
  • तिनाउ र राप्तीमा बाढी
    images
    बुटवल। गुल्मी सहीत लुम्बिनी प्रदेशका धेरै जिल्लामा भारी वर्षा भइरहेको छ ।
     
    लुम्बिनी प्रदेशका धेरै जिल्लामा र आसपासका स्थानमा भारी वर्षा मापन भएको छ । भारी वर्षाका कारण तिनाउ नदी र पश्चिम राप्ती नदीमा बाढी आएको छ ।
     
    जल तथा मौसम विज्ञान विभागले मँगलबार बिहान ६:१५ बजे सार्वजनिक गरेको सूचना अनुसार तिनाउ नदी बाढीमापन केन्द्र बुटवलमा जलसतह खतरा तह भन्दा निकै माथि पुगेको र बढ्दो रहेको छ । तिनाउको बाढी बढ्दो क्रममा छ ।
     
    त्यसैले बाढीको उच्च जोखिम, तिनाउ नदीका तटिय क्षेत्र र आसपास डुबान हुन सक्ने होचा स्थानमा हुनेहरू दिउँसो १२ बजे सम्म सुरक्षित स्थानमा रहन सूचना प्रवाह गरेको छ । यसैगरी नवलपरासीको देउराली र आसपासको क्षेत्रमा पनि भारी वर्षा मापन भएको छ ।
     
    वर्षाका कारण विनयी लगायत साना खोलाहरूको बहाव बढ्ने सम्भावना छ । नदी तटीय क्षेत्रमा बसोबास गर्ने तथा यात्रामा निस्किनेहरूलाई सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ ।
     
    जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार चितवनको भरतपुर एयरपोर्ट र दाङको बबई नदी बेसिनको सुखबारे भन्ने स्थानमा पनि अत्यधिक वर्षा मापन भएको छ ।
     
     
     
     


    Enter
     
    Bishnu Pokharel E

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # तिनाउ र राप्तीमा बाढी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।