देवदह । रुपन्देहीको देवदहमा लायन्स कल्ब अफ देवदह पाकरी वृक्ष द्वारा वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ। कल्बले लायन्सको कार्ययोजना अनुरुप जुलाइ महिनामा वातावरण सम्बन्धि कार्यक्रम गर्ने योजना अनुसार सो कार्यक्रम आयोजना गरेकी हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवम लायन्स जिल्ला परिषद ३२५ पि का गभर्नर अर्जुनमान सैजुले लायन्स कल्ब अफ देवदह पाकरी वृक्ष द्वारा वृक्षरोपण कार्यक्रम गरेर लायन्सको गरिमालाइ बढाउन र समाजमा लायन्सको नामलाइ अझ उच्च गर्न सहयोग गरेकोमा आभार व्यक्त गरेका थिए।
देवदह नगरपालिका वडा नं ५ को कार्यालय नजिकै फलफुल लगाएतका अन्य बिरुवाहरु सो कल्ब लगाएको हो । कार्यक्रमका प्रमुख अतिथि लायन्स जिल्ला परिषद 325 पि का गभर्नर अर्जुनमान सैजुले कार्यक्रम संयोजक माया सापकोटालाई लायन्सको पिन सहित सम्मान गरेका थिए।
कार्यक्रम लायन्स कल्ब अफ देवदह पाकरी वृक्षका अध्यक्ष झर्ना गुरुङ्गको अध्यक्षता, लायन्स जिल्ला परिषद 325 पि का गभर्नर अर्जुनमान सैजुको प्रमुख आतिथ्यता, र कल्बका सचिव बिनिता श्रीसको संचालनमा सम्पन्न भएको थियो।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology