Logo

२०८३, श्रावण २७गते


images
images

साइनिङ स्टारको नवौं संस्करण हुने

साइनिङ स्टारको नवौं संस्करण हुने

images
  • साइनिङ स्टारको नवौं संस्करण हुने
    images
    images

    काठमाडौं । बालबालिकाहरुको प्रतिभा प्रष्फुटनको एउटा उत्कृष्ट प्लाटफर्मको रुपमा पहिचान स्थापित गरेको व्यास नगर साइनिङ स्टारको अडिसन यही साउन १२ र १३ गते हुने भएको छ । जेसीआई व्यास नगरले आयोजना गर्दै आएको  व्यास नगर साइनिङ स्टारको नवौं संस्करणको अडिसन व्यास–४ स्थित दमौली कलेजको प्रांगणमा हुने आयोजकले जानकारी दिएको छ । 

    images
    images
    images


    दमौलीमा शनिबार पत्रकार सम्मेलन गर्दै आयोजकले व्यास नगर साइनिङ स्टारको नवौं संस्करणका बारेमा जानकारी गराएको हो । यस कार्यक्रमको फिनाले भने भदौ १५ गते हुने जेसीआई व्यास नगरका अध्यक्ष राजु रानाले जानकारी दिए । यसअघि नगर क्षेत्रका ९–१४ बर्षका बालबालिकाले अडिसन दिन पाउने व्यवस्था रहेकोमा यस बर्षदेखि १०–१५ बर्ष सम्मका बालबालिका अडिसनमा सहभागी गराइने उनले बताए ।

    images
    images
    images


    अडिसनबाट छनोट हुने २० जना बालबालिकाहरुलाई एक महिनासम्म विभिन्न विधाका प्रशिक्षण र तालिम प्रदान गरिने कार्यक्रमका मुल संयोजक अजर नागिलाले जानकारी दिए । एक महिने प्रशिक्षण, तालिम र विभिन्न अवलोकन भ्रमण गराएपछि अन्तिममा ४ जना निर्णायकहरुको निर्णयबाट उत्कृष्ट हुने प्रतिभा व्यास नगर साइनिङ स्टार घोषणा उनले बताए ।

    images
    images
    images


    व्यास नगर साइनिङ स्टार २०२२को उपाधि जित्नेलाई नगद रु २५ हजार २३, ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । फस्ट रनर अफले १५ हजार, २३ र सेकेण्ड रनर अफ हुनेलाई १० हजार, २३ सहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।


    प्रतियोगितामा बेस्ट पर्सनालिटी, बेस्ट वाल्क, बेस्ट फोटोजेनिक, बेस्ट ट्यालेन्ट, बेस्ट स्माइल, बेस्ट डे«स, बेस्ट अनुशासन, बेस्ट प्रोजेक्ट वर्क, बेस्ट भ्युवर च्वाईस र बेस्ट कन्ट्रिव्युसन गरी १० वटा विधागत अवार्डहरु पनि रहने आयोजकले जानकारी दिएको छ । १० विधामा उत्कृष्ट हुनेलाई जनही रु २ हजार र आकर्षक पुरस्कारको व्यवस्था गरिएको कार्यक्रम मूल संयोजक नागिलाले बताए ।


    व्यास नगर साइनिङ स्टारमा प्रतिस्पर्धा गरेका बालबालिकाहरुले विभिन्न क्षेत्रमा उत्कृष्ट कार्य गरिरहेकाले यसले समाजलाई महत्वपूर्ण योगदान पुगेको पूर्व अध्यक्ष एकप्रसाद श्रेष्ठले बताए ।  प्रतियोगिताको मुख्य उद्देश्य नै व्यक्तित्व र नेतृत्व विकास भएको बताउदै बालबालिकालाई टिकट बिक्री गर्न प्रेसर नगर्ने उनको भनाइ थियो । उनले भने ‘विद्यालय समय प्रभावित नहुने गरि पढाइको अतिरिक्त हामीले बालबालिकाको जीवन सफल र सार्थक बनाउन विभिन्न जीवनपयोगी सीप प्रदान गर्ने गर्छौं ।’


    बालबालिकाको अन्तरनिहीत प्रतिभा प्रस्फुटन गराउदै  व्यक्तित्व र नेतृत्व विकास, शारीरिक तन्दुरुस्ती, कला संस्कृति लगायत विविध समसामयिक विषयको ज्ञान प्रदान गर्ने उद्देश्य राखेर जेसीआई व्यास नगरले २०१३ देखि निरन्तर  व्यास नगर साइनिङ स्टार प्रतियोगिता आयोजना गर्दै आइरहेको महासचिव सुनिल श्रेष्ठले जानकारी दिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # साइनिङ स्टार
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।