Logo

२०८३, कार्तिक २७गते


images
images

बुटवलमा प्रदेश र नगरको सहकार्यमा इन्जिनियरिङ कलेज सञ्चालनको तयारी

बुटवलमा प्रदेश र नगरको सहकार्यमा इन्जिनियरिङ कलेज सञ्चालनको तयारी

images
  • बुटवलमा प्रदेश र नगरको सहकार्यमा इन्जिनियरिङ कलेज सञ्चालनको तयारी
    images

    बुटवल । लुम्बिनी प्राविधिक विश्वविद्यालयअन्तरगत बुटवलमा इन्जिनियरिङ कलेज सञ्चालनका लागि छलफल भएको छ।

    images
    images
    images

    लुम्बिनी प्रदेश सरकारले स्थापना गरेको एक वर्षपछि पढाइ शुरु गर्न थालेको विश्वविद्यालयको टोलीले शुक्रबार बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयसहितको टीमसँग छलफल गरेको हो।  

    images
    images
    images

    बिश्वबिद्यालयका उपकुलपति प्राध्यापक डा. विनोद प्रसाद ढकालले चालु शैक्षिक सत्रबाट अध्ययन आरम्भ गर्ने योजना अनुसार बुटवलमा आंगिक सञ्चालनका लागि छलफल गरिएको बताए।   

    images
    images

    उपकुलपति ढकालका अनुसार चालू शैक्षिक सत्रबाट ‘बिटेक इन आईटी’,‘बिटेक सिएस एण्ड एआई’, ‘बिटेक इन आईटी इन्जिनियरिङ्’ लगायत पाँचवटा शैक्षिक कार्यक्रम सञ्चालन गरिने छ ।

    उनका अनुसार खजुराको केन्द्रीय क्याम्पसमा इन्जिनियरिङ र सूचना प्रविधि र रूपन्देहीमा कृषि, वन र पर्यटनसँग सम्बन्धित कार्यक्रम सञ्चालन हुने छन् ।  त्यसका लागि बुटवल उपमहानगरपालिकासँग छलफल गरेको उनले बताए।

    बुटवलमा प्रदेशको विश्वविद्यालयले आंगिक कलेज सञ्चालनका लागि प्रस्ताव आएकाले त्यसैअनुसार सहकार्य गर्न बुटवल उपमहानगरपालिका तयार रहेको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताए।

    उनले विश्वविद्यालयलाई आवश्यक संरचना तयार गर्न र अन्य सहकार्यका लागि सकारात्मक भूमिका निर्वाह गर्ने बताए।

    उनले बुटवलमा प्रदेशकै सबैभन्दा ठूलो इन्जिनियरिङ कलेज स्थापनाको सम्भावनाबारे छलफल भएको बताए। उनले अटो इन्जिनियरिङ, कृषि, वन र टनेल इन्जिनियरिङ र पर्यटनका क्षेत्रमा अध्ययन गर्ने कलेज स्थापना गर्ने गरी प्रक्रिया अगाडि बढ्ने र आगामी वर्षदेखि केही विषयहरुको अध्ययन शुरु गर्ने गरी काम थाल्ने समझदारी भएको बताए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।