राहुल देव सापकोटा, देवदह । रुपन्देहीको देवदहमा क्यारोलिनस अन्डर १९ जुनियर स्टार लिग २०७९ सम्पन्न भएको छ । स्टार एकेडेमी क्रीकेट एकेडेमीको आयोजनामा सो देवदह क्रीकेट ग्राउन्ड शितलनगरमा सो लिग सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवम देवदह नगरपालिकाका नगरप्रमुख ध्रुव प्रसाद खरेलले प्रयाप्त स्रोत साधन नहुँदा पनि शक्ति गौचनले कठोर परिस्थितिमा पनि देवदहका खेलाडीहरुलाई हौसला दिएर खेल आयोजना गरेकोमा धन्यवाद व्यक्त गरे। उनले आगामी दिनमा देवदह नगरपालिकाले देवदहको क्रीकेट क्षेत्रलाइ अगाडि बढाउन सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन ।
सो लिगमा ओमसतिया स्टार्स विजेता र देवदह ड्र्यागन्स सह बिजेता भएका छन । बेस्ट बोलर्स शुभम खनाल र म्यान अफ दि म्याचको रुपमा आयन खान सम्मानित भएका छन ।
कार्यक्रममा बोल्दै स्मृति सामुदायिक वनका अध्यक्ष भरत गुरुङ्गले आफुहरुले शक्ति गौचन सहित सबै खेलाडीहरुलाइ जुनसुकै परिस्थिति मा पनि सहयोग गर्ने बताएका छन ।
कार्यक्रम स्टार्स क्रीकेट एकेडेमीकि डाइरेक्टर कबिता गौचनको अध्यक्षता, देवदह नगरपालिकाका नगरप्रमुख ध्रुव प्रसाद खरेलको प्रमुख आतिथ्यता र प्रशिक्षक, स्टार्स क्रीकेट एकेडेमीका संचालक एवम राष्ट्रिय खेलाडी शक्ति गौचनको संचालनमा कार्यक्रम समापन भएको हो।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology