Logo

२०८३, कार्तिक २७गते


images
images

सत्यवती गाउँपालिकाले सुरु गर्यो प्राविधिक विषयमा पुर्ण छात्रवृत्ति अभियान

सत्यवती गाउँपालिकाले सुरु गर्यो प्राविधिक विषयमा पुर्ण छात्रवृत्ति अभियान

images
  • सत्यवती गाउँपालिकाले सुरु गर्यो प्राविधिक विषयमा पुर्ण छात्रवृत्ति अभियान
    images

    गुल्मी । गुल्मीको सत्यवती गाउँपालिकाले पालिका भित्रका ८ जना विद्यार्थीलाई पुर्ण छात्रवृत्तिमा प्राविधिक विषय अध्यापन गराउने भएको छ । एसईई पछि पशु तथा बाली विज्ञान क्षेत्र तर्फ डिप्लोमा अध्ययन गर्न चाहने विद्यार्थीको लागि गाउँपालिकाले सो अवसर प्रदान गरेको हो । जुन अवसर लिन साउन १० गते भित्र आवश्यक कागजात सहित पालिकामा उपस्थित हुनुपर्नेछ ।

    images
    images
    images

    कृषि र पशुपालन क्षेत्र तर्फ दक्ष जनशक्ति उत्पादन गर्ने र उत्पादन भएको जनशक्तिलाई गाउँमै परिचालन गर्ने उद्देश्यले योजना अगाडि सारेको गाउँपालिकाका पशुपंक्षी शाखाका प्रमुख नारायण खनालले बताए ।

    images
    images
    images

    यस आर्थिक वर्ष २०८०र८१ देखि लागू हुने गरि गाउँपालिकाले आवश्यक प्रक्रिया अगाडि बढाएर कार्यान्वयनको चरणमा पुगेको अध्यक्ष टिकाराम पाण्डेले बताए ।

    images
    images

    साथै यस कार्यक्रमको प्रतिफल अनुसार आगामी दिनमा पनि थप नयाँ ढंगले परिमार्जन गर्दै लागू गर्ने आफुहरुको योजना रहेको अध्यक्ष पाण्डेले उल्लेख गरे ।

    प्राविधिक शिक्षा अध्ययनपछि विद्यार्थीले समयमै रोजगार पाउनुका साथै कृषि र पशुपालन क्षेत्रमा सहयोग पुराउने अपेक्षा गाउँपालिकाले लिएको छ।

    विद्यार्थीको प्राप्त अङ्कका आधारमा प्रत्येक वडाबाट एकरएक जना पर्ने गरि छनोट गरिनेछ, यद्यपि कुनै वडा बाट विद्यार्थी सहभागी नभएको खण्डमा भने समग्र प्राप्त अङ्कको आधार विद्यार्थी छनोट हुने गाउँपालिकाले जनाएको छ।

    विद्यार्थीको जाँच चन्द्रकोट गाउँपालिका स्थित तुराङ्ग बहुप्राविधिक शिक्षालयले लिनेछ भने विद्यार्थीले तीन वर्षे प्राविधिक कोष पनि सोही शिक्षण संस्थामा अध्ययन गर्नेछन ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।